चिसाङ शेर्पा फागुन/२० खोटाङ,
आगोलागीमा परी शक्क्त घाईते भएकी ४५ बर्षिय रत्नमाया सार्कीको ज्यान गएको छ । रावाबेंशी गाउँपालिका–३ लामिडाडाँ भञ्ज्याङकी स्थानिय वासिन्दा सार्कीको शनिबार काठमाण्डौबाट घर फर्कने क्रममा हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटार उकालोमा ज्यान गएको हो । गएको फागुन-९ गते बिहान आफ्नै घरमा भएको आगोलागीमा परी घाँटी र नाईटोमुनीको भाग अत्याधिक जलेपछि किर्तीपुर अस्पताल काठमाण्डौमा उपचारगरी घर फर्किएका उनको एम्बुलेन्सभित्र ज्यान गएको हो ।
एघार दिनसम्म अपरेशन तथा विभिन्न उपचार गर्दा बिरामीमा सन्तोषजनक सुधार नआएको भतिजा एकराज सार्कीले बताउनुभयो । जलेर थल्लिएकी बिरामी दुईदिन अघिबाट बोल्न छोडेकी थिईन । उनले भने ‘स्वंयम बिरामीले हातको ईशारामा घर जान्छु भनेपछि घर ल्याईएको हो । घर नपुगी संसार त्यागिन ।’
सार्कीको एक श्रीमान धन बहादुर सार्की र पाच छोरा र दुई छोरी रहेका छन् । काठ चिर्ने मेसिनमा पेट्रोल हालिरहेको समयमा नजिकै केटाकेटीले लाइटर बाल्दा सुरु भएको आगलागीमा धनबहादुरकी ४५ वर्षीय श्रीमती रत्नमायाँसहित सुन, चाँदी, नगद लगायत जल्दा १२ लाख बराबरको क्षती भएको थियो ।
उता, कतारबाट अग्नि पिडित परिवारलाई ३६ हजार ८६ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । आगलागीमा सर्वस्व गुमाएका पिडित परिवारलाई रोजगारीको सिलसिलामा कतारमा रहेका १५ जना लामिडाडाँबासी युवाहरुको सहयोगमा संकलित रकम पठाईएको कतारमा कार्यरत रावाबेंशी गाउँपालिका-३ लामिडाडाँका बिनोद बिशङखेले जानकारी दिनुभयो । यसअघि, खोटाङ समाज हङकङले स्थापना गरेको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले छ हजार रुपैयाँ सहयोग गरेको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology