संघीय समाजबादी फोरम नेपालले मन्त्रिपरिषद् मा दोस्रो वरीयतासहित तीन मन्त्री र एक राज्यमन्त्री अथवा दुई मन्त्री, एक राज्यमन्त्री र उपसभामुख मागेपछि वार्ता लम्बिएको हो । अध्यक्ष उपेन्द्र यादवले भने ‘म दुई-दुईपटक उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री भइसकेकाले प्रधानमन्त्रीपछिको मर्यादाक्रम हुनुपर्छ’, मर्यादाक्रममा आफू अगाडि हुनुपर्ने यादवले जिकिर गर्दै भनेका छन् । तर उनको कुरा सुनेका प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्पष्ट जवाफ दिएका छैनन्न ।
एमाले सचिव प्रदीप ज्ञवालीले १५, १६ र १७ गते तीन दिन फोरमसँग तीव्र रूपमा परामर्श भएको र शनिबारसमेत हुने भएकाले आइतबारसम्म सरकारले पूर्णता पाउन सक्ने बताए । उनले भने, ‘संविधान संशोधनमा एमाले ओपन छ ।’ फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले विकास-निर्माण र जनतासँग सरोकार राख्ने मन्त्रालयबारे कार्यदलस्तरमा छलफल भएको जानकारी दिए । ‘कुन मन्त्रालय भन्ने निश्चित भइसकेको छैन’, उनले भने, ‘पहिचानका मुद्दा मिलाउनुपर्छ । त्यसलाई व्यवस्थापन गर्न अलिकति समय त लागिहाल्छ । फेरि कसैले कसैमाथि धोका दिने काम गर्नु हुँदैन भन्नेमा ठोस प्रतिबद्धता खोजिएको छ ।अन्नपूर्ण पेास्टमा खबर छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology