चिसाङ शेर्पा फागुन/१६ खोटाङ,
खोटाङको एक नगरपालिकाको नाम तथा अर्को एक गाउँपालिकाको नाम र गाउँपालिकाको केन्द्र परिबर्तन भएको छ ।
फागुन १४ गतेको नेपाल राजपत्र अनुसार रुपाकोट मझुवागढी नगरपालिकालाई नाम परिबर्तन गरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दिप्रङ गाउँपालिकालाइ दिप्रङ चुईचुम्मा गाउँपालिका नामाकरण गरिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र भने यथावत रहेको छ । दिप्रङ चुईचुम्मा गाउँपालिकाको केन्द्र याङसोलाटार कायम भएको छ । नाम परिबर्तन भएको खुशियालीमा दिक्तेलमा भने, केही ब्यक्तिहरुले बुधबार साँझ दिप प्रज्वलन समेत गरेका थिए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology