• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बंसिलाघाट-चिसापानी मोटरबाटो उद्घाटन

बंसिलाघाट-चिसापानी मोटरबाटो उद्घाटन


चिसाङ शेर्पा
  • बुधबार, फाल्गुन १६ २०७४

  • चिसाङ शेर्पा फागुन/१६ खोटाङ,
    जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बंसिलाघाट–चिसापानी मोटरबाटो उद्घाटन गरिएको छ । बराहपोखरी गाउँपालिका–५ पौवासेरादेखी जन्तेढुंगा गाउँपालिका–५ चिसापानीसम्मको २५ किलोमिटर मोटरबाटो मंगलबार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेपछी सञ्चालनमा आएको हो ।

     

    तत्कालिन गाउँ बिकास समितिको पहल र नेपाल सरकारको अर्थ मन्त्रालयबाट बिनियोजित ५ करोड लागतमा तीन बर्ष अगाडी निर्माण सकिएको कच्ची सडकलाई पुनः मर्मत गरेर सञ्चालनमा ल्याईएकोे हो ।

     

    बराहपोखरी गाउँपालिकाको पौवासेराबाट जन्तेढुंगा गाउँपालिका–५ चिसापानीसम्म आईपुग्ने मोटरबाटो तीनबर्ष अगाडी निर्माण सकिए लगत्तै सञ्चालनमा आउनुपर्ने भए पनि सडकको दायाबायाँमा ढिस्को तथा पहिरो खसेर बिग्रको थियो । पहिरो तथा ढिस्कोले बिगारेको सडकलाई गाउँपालिकाको २० लाख बजेटमा मर्मत गरेर सञ्चालनमा ल्याईएको बराहपोखरी गाउँपालिकाकी उप–प्रमुख गोमा मगरले जानकारी दिनुभयो ।

     

    उद्घाटनसँगै यात्रुबहाक सवारी साधन, ट्याक्सी, ट्याक्टरजस्ता सवारी साधन चल्न थालेको छ । सडक सञ्चालनमा आएपछी स्थानिय बासिन्दालाई दैनिक जनजिबनमा सहजता आएको छ । सञ्चालनमा आएको बराहपोखरी गाउँपालिका-५ पौवासेरादेखी जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको सडक कालोपत्रेका लागि सर्बे पनि भइसकेको गाउँपालिकाले जनाएको छ ।

     

    कालोपत्रे गर्नका लागि सक्दो सहयोग गर्ने प्रतिनिधिसभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि बिशाल भट्टराईले आश्वसन दिनुभएको छ । उद्घाटन कार्यक्रममा चौदण्डी नगरपालिका उदयपुरका मेयर खगेन्द्र राईको पनि उपस्थिती रहेको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology