• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेस संसदीय दलको नेता चयनको लागि फागुन २१ मा चुनाव

कांग्रेस संसदीय दलको नेता चयनको लागि फागुन २१ मा चुनाव


समायोजन खबर
  • आइतबार, फाल्गुन १३ २०७४

  • १३ फागुन

    नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकले संसदीय दलको नेता चयनको लागि  फागुन २१ गते मिति तोकेको छ।

    आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सो मिति तय गरेको हो।

    बैठकले चीनकाजी श्रेष्ठको संयोजकत्वमा नवीन्द्रराज जोशी र भीष्म आङ्दम्बे रहेको निर्वाचित समिति बनाएको छ।

    फागुन २० गते मनोनयन हुने र २१ गते संसदीय दलको नेता चयन कार्यक्रम तय गरिएको छ।

    बैठकले पार्टी संसदीय दलको विधान अनुमोदन पनि गरेको छ।

    सभापति शेरबहादुर देउवा आफैँ संसदीय दलको नेता बन्न लागेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर आक्रोशित भएको छ। निर्वाचनमा हार व्यहोरेपछि पार्टी नेतृत्वले दलको नेतामा दाबी गर्न नमिल्ने तर्क गर्दै पौडेल पक्षले संसदीय दलको नेतामा पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहलाई उठाउने तयारी गरेको छ ।

    कांग्रेसले निर्वाचनको समिक्षा गर्न भने अर्को केन्द्रीय कार्य समितिको विस्तारित बैठक बोलाउने पनि प्रवक्ता शर्माले जानकारी दिए।

    शनिबार बसेको पार्टी संसदीय दलको बैठकले छायाँ सरकार बनाउने लगायतका प्रस्तावसहितको विधान पारित गरेको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology