• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाक्सिला बजारको, यस्तो छ ईतिहास

बाक्सिला बजारको, यस्तो छ ईतिहास


चिसाङ शेर्पा
  • बिहिबार, फाल्गुन १० २०७४

  • पहिलेको बाक्सिलाबजार । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा फागुन/१० खोटाङ,
    जिल्लाको उत्तरी क्षेत्रमा रहेको पर्यटकीयस्थल तथा ब्यापारिक केन्द्र हो बाक्सिलाबजार । केपीलासगढी गाउँपालिका–४ मा पर्ने बुद्धबजार अथवा बाक्सिला बजार पर्यटन प्रर्बद्धन र ब्यापारिक केन्द्रको प्रचुर संम्भावना बोकेको सुन्दर सानो उपत्यका हो । तापखोलाको शिरमा रहेको बाक्सिला बजार हाल शहरीकरण तथा व्यवस्थित बन्न थालेको छ ।

     

    २०३३ साल अगाडी हालको बाक्सिला बजार सोही ठाउँबाट अलिक तल पुरानोगैरा भनिने पृथ्वी उच्च माविकोे छात्रावास भएको स्थानमा गुरुङहरुले दिएको जग्गामा थियो । २०२७ सालमा बजारका लागि जग्गा दिए वापत जग्गाधनी गुरुङहरुले जग्गाको भाडा लिने गरेकाले सोही बिषयमा किचलो भईरहने भएकाले त्यो बेलाको बाक्सिला हालको बुद्धबजारमा सरेको ईतिहास पाईन्छ ।

    हालको बाक्सिला र सुङदेलको सिमानामा पर्ने कन्खे खोलापारी सिद्दीकर्ण उपाध्य भनिने ब्यक्तिले ढुंगामा बाघ पछारेर मारेको र सुङदेलका कोई राईकोे गाईबस्तु बाघले खाईदिएकाले बिख थापेर छोडिदिए पछी बाक्सिला भञ्ज्याङको ढुंगामा गई बाघ मरेकाले ‘बाक्सिला’ नाम रहेको ईतिहास पाईने गरेको छ ।

    सदरमुकाम दिक्तेलबाट ४३ किलोमिटर टाढा रहेको बाक्सिलाको नाम कसरी रह्यो भन्ने यक्किन नभए पनि दुईवटा पौराणिक कथन छ । हालको बाक्सिला र सुङदेलको सिमानामा पर्ने कन्खे खोलापारी सिद्दीकर्ण उपाध्य भनिने ब्यक्तिले ढुंगामा बाघ पछारेर मारेको र सुङदेलका कोई राईकोे गाईबस्तु बाघले खाईदिएकाले बिख थापेर छोडिदिए पछी बाक्सिला भञ्ज्याङको ढुंगामा गई बाघ मरेकाले ‘बाक्सिला’ नाम रहेको ईतिहास पाईने गरेको केपीलासगढी गाउँपालिका प्रमुख कृष्ण कुमार राईले जानकारी दिए । पालिका प्रमुख राईका अनुसार हालको बाक्सिलाबजार २०३३ सालभन्दा अगाडी घना जंगल र बाघ खेल्ने ठाउँ थियो ।

     

    स्थानियबासीका अनुसार बाक्सिला र सुङदेल सिमानामा अझै पनि ‘बाक्सिला’ नाम गरेको ढुंगा रहेको छ । निर्माण गरेको मिति यक्किन नभएको बाक्सिलाको बिचमा रहेको बौद्ध धर्मावलम्बीको माने जिर्ण हुंदै गएपछी २०५५ सालमा सोही वरपरका अन्दाजी ५०/६० जना ब्रिटिस आर्मीहरुले जिर्ण मानेको श्रदा गरेर बुद्धको मुर्ती समेत प्रर्तिस्थापन गरेका थिए ।
    मानेलाई बिस्थापन गरी बुद्धको मुर्ती राखिनु र हप्ताको बुधबार बजार लाग्ने हुनाले बुद्धको मुर्ती भएको स्थानलाई हाल बुद्धबजार पनि भनिन्छ । बाक्सिलाको बिचमा रहेको बुद्धबजारलाई नै हाल बाक्सिलाबजार भनिएको हो । मुलुक संघिय संरचनामा गईसकेपछी केपीलासगढी गाउँपालिकाको मुख्य स्थान बाक्सिलाबजार शहरीकरण तथा ब्यवस्थित हुंदै मुहार फेर्न थालेको छ ।


    ५वर्ष अघिबाट केन्द्रिय प्रसारण लाईनको विधुत पहुँच पुगेको बाक्सिलाको हरेक बुधबार लाग्ने बजारको कटेराहरु भने गत पुस ६ गते आगोलागी हुंदा दर्जनबढी जलेको थियो । अहिले फोटोमा देखिए सरह छैन । बाक्सिला बजारको पश्चिममा, स्वास्थ्य चौकी, स्काई फोन टावर, पुर्बमा पशु भेटनरी, कृषि कार्यालय, पृथ्बी उच्च माविको जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान रहेको छ ।

     

    बाक्सिलामा राई, तामाङ, गुरुङ, नेवार, सुनुवार लगायतका समुदायको बसोबास छ । केपीलासगढी गाउँपालिकाको कार्यालय पुरानो गैरामा रहे पनि विकास र प्रगतीमा भने भर्खरै तङरीदै गरेको छ । ३९ वटा सरकारी विद्धालय, २ निजी विद्धालयको धनि पालिकाभित्र साल्पा पोखरी, माने पोखरी दिप्सुङ, ढाल तलबार खार्ताम्छा डाडाँ, मैयुङडाडाँजस्ता पर्यटकीय स्थल रहेको छ ।

     

    बाक्सिलाबजारमा खानेपानीको केही असुविधा रहेको छ । शहरीकरणलाई मध्यनजर गर्दै नया मुहान खोजी तथा पुरानो मुहानलाई संरक्षण र मर्मतको काम भइरहेको छ । पालिकाभित्रका अधिकांस स्थानमा फोनको चरम समस्या रहेको छ । स्काई फोनको मात्रै टावर भएको र पालिकाभन्दा बाहिर रहेका टावरको क्षमताले नपुग्दा फोनको धेरै असुविधा रहेको पालिका प्रमुख राईले बताए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology