• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा शंकास्पद अवस्थामा शिक्षकका श्रीमती मृत फेला

खोटाङमा शंकास्पद अवस्थामा शिक्षकका श्रीमती मृत फेला


समायोजन खबर
  • बिहिबार, फाल्गुन १० २०७४

  • समायोजन खबर  फागुन/१० खोटाङ,
    खोटाङमा शिक्षकका श्रीमती मृत अवस्थामा भेटिएको छ । ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेकी सुजता राई आफ्नै घरमा मृत फेला परेकी छन् । मृतक शान्तोद्धय माबिका प्रअ दिपबहादुर राईकी श्रीमती हुन् । दिपबहादुर छोरीको उपचारका लागि काठ्माण्डौं र छोरा पनि आफन्तको घरमा गएकोबेलामा एक्लै भएको अवस्थामा राई शंकास्पद अवस्थामा मृत फेला परेकी हुन् ।

     

    आफन्तकोमा जलेश्वरी गएर फर्किएका छोराले सुजतालाई कोठामा मृत अवस्थामा फेला पारेको आफन्तले बताएका छन् । ढोका ढप्काइएको कोठाभित्र सुतेझैं अवस्थामा मृतकको शव घाँटीमा पुरुषको ज्याकेटले बाँधेको अवस्थामा फेला परेको स्थानीय उर्मिला लम्सालले बताईन् ।

     

    घाँटीमा पुरुषको ज्याकेटको पासो भेटिनु, घाँटी तथा पिठ्यूँमा निल, डाम देखिएको र सर्लक्क सुतेको अवस्थामा शव भेटिएकाले घट्नालाई आफन्तले शंकास्पद मानेका छन् । सुजताको मृत्युको कारण अहिलेसम्म नखुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए । खोटाङका तीन महिलाको हत्या भएको लामो समयसम्म दोषी पत्ता लाग्न नसकेकोबेलामा पुःन सुजता शंकास्पद अवस्थामा मृत फेला परेकी हुन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology