• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आगोलागीमा जलेकी सार्कीको मोडल्स अस्पताल किर्तिपुरमा उपचार हुंदै, घाँटी र कम्मरमुनीको छाला फेर्नुपर्ने

आगोलागीमा जलेकी सार्कीको मोडल्स अस्पताल किर्तिपुरमा उपचार हुंदै, घाँटी र कम्मरमुनीको छाला फेर्नुपर्ने

घाँटी र कम्मरमुनीको छाला फेर्नुपर्ने


चिसाङ शेर्पा
  • बुधबार, फाल्गुन ९ २०७४

  • चिसाङ शेर्पा फागुन/९ खोटाङ,
    आगोलागीमा परेर गम्भीर घाईते भएकी खोटाङकी रत्नमाया सार्कीको राजधानीस्थित मोडल्स अस्पताल किर्तिपुरमा उपचार भईरहेको छ । रावाबेँसी गाउँपालिका-३ लामीडाँडाकी सार्कीको केएमसी अस्पतालमा उपचार हुन नसकेपछी मोडल्स अस्पताल काठमाण्डौमा उपचार भईरहेको हो ।

     

    बुधबार बिहान आफ्नै घरमा भएको आगलागीमा परी कम्मरमुनीको भाग जलेर शक्त घाईते भएकी सार्कीको स्थानिय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछी रावाबेंशी गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, बिद्यार्थी, सामुदायिक बन, नेवार गुठी, दलित कोष र ब्यक्ति÷ब्यक्तिको सहयोगमा संकलित रकमले हेलीकोप्टर चार्टर गरेर दिउँसो साँडे १ बजे काठमाण्डौं पठाइएको थियो ।

    छिमेकी एकराज सार्कीका अनुसार अस्पतालले रत्नमायाको घाँटी र कम्मरमुनीको भागको अपरेशन मार्फत छाला फेर्नुपर्ने भएको छ । ४ जनाले छाला दिनुपर्ने अथवा वाहिरबाट झिकाउनुपर्ने अवस्था भएको छ । उनले भने, ‘छाला दिने मान्छे पनि छैन, पैसा पनि छैन, कसरी मान्छे बचाउने, अस्पतालले भोली बिहानसम्म निर्णय मागेको छ ।’

    काठ चिर्ने मेसिनमा पेट्रोल हाल्नेक्रममा नजिकै रहेको केटाकेटीले पारेको लाईटरको आगोले घरभित्रै बसेर उपकरणमा पेट्रोल हालिरहेको बेला सल्किएको आगोले धन बहादुर सार्कीको श्रीमती रत्नमाया सबैभन्दा बढी डढेकी थिईन् । कटनका कपडा भएको र काठ चिर्ने मेसिन पड्केर उनैलाई लागेको र अतालिदै दौडिएकाले अत्याधिक डढेको थियो । आगोले रत्नमायाँको अनुहार बाहेक शरीरका अधिकांश भाग डढेको छ । उनका संवेदनसिल अंगमा समेत अशर पुगेकाले अस्पताल लैजान हेलीकोप्टर चार्टर गर्नुपरेको थियो ।

     

    अग्नी पीडितका लागि तत्काल सहयोग रकम संकलन गरी १ लाख ७० हजारमा चार्टर गरीएको हेलीकोप्टरलाई लामिडाडाँ विमानस्थलमा १ लाख २० हजार दिएको र अग्नी पिडित रत्नमायाको श्रीमान धन बहादुरलाई उपचार खर्च स्वरुप २६ हजार नगद दिईएकोे रावाबेंशी गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताउनुभयो । पालिका प्रमुख निरौलाका अनुसार पिडितका लागि सहयोग संकलन भईरहेको छ ।

     

    हेलिकोप्टर मार्फत अग्नी पिडित श्रीमान, श्रीमती र छिमेकी एकराज सार्की काठमाण्डौ गएका छन् । छिमेकी एकराज सार्कीका अनुसार अस्पतालले रत्नमायाको घाँटी र कम्मरमुनीको भागको अपरेशन मार्फत छाला फेर्नुपर्ने भएको छ । ४ जनाले छाला दिनुपर्ने अथवा वाहिरबाट झिकाउनुपर्ने अवस्था भएको छ । उनले भने, ‘छाला दिने मान्छे पनि छैन, पैसा पनि छैन, कसरी मान्छे बचाउने, अस्पतालले भोली बिहानसम्म निर्णय मागेको छ ।’ छाला दिन नसकिए खुट्टा सुकेर जाने तथा मृगौलामा समस्या हुन र मान्छे बचाउन मुस्किल हुने अस्पतालले जनाएकोे छ ।

     

    आगोले रत्नमायाको श्रीमान धन बहादुरको घुंडाभन्दा तलको भाग जलेको छ । आगलागीमा सार्कीको सुन, चाँदी, नगद लगायत जल्दा १२ लाख ५६ हजार क्षती भएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology