समायोजन खबर फागुन/ ९ खोटाङ,
खोटाङको त्रिधार्मिक तथा पर्यटकीयस्थल हलेसीमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर तथा टहरा हटाउँन अमिनीद्धारा नाप जाँच सुरु गरिएको छ । हलेसीको पर्यटन प्रवद्र्धनमा बाधकका रुपमा अनाधिकृत घर, टहरा देखिएपछि हलेसी तुवाचुङ नगरपालिकाले नाप जाँचको काम सुरु गराएको हो ।
जिल्ला नापी कार्यालय दिक्तेलबाट गएको अमिनीको टोलीले सार्वजनिक जग्गा मिचेर बनाईएका घर टहराहरुको लागत यक्किन गर्ने काम गरिरहेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर ईवन राईले बताए । “विहीवारसम्म लागत यक्किन भईसक्नेछ, त्यसपछि त्यस्ता घरहरुमा रेजा लगाईनेछ, रेजा लगाएपछि पनि घर तथा टहरा हटाउँन अटेर गरेको खण्डमा डोजर लगाएर भत्काईने मेयर राईले जानकारी दिए ।”
गत मंसिर यता ७ पटक सूचना जारी गरेर सार्वजनिक जग्गाको टहरा हटाउन भनिएको बताउँदै आएको नगरपालिकाको कुरा स्थानीयले हदैसम्मको अटेर गरेका कारण शुक्रबारदेखि धमाधम डोजर लगाएर घर तथा टहरा हटाउँने जनाईएको छ । नापी कार्यालयले सार्वजनिक जग्गा मिचेको प्रमाणित गर्नासाथ घर तथा टहरा भत्काईने नगरपालिकाको भनाई छ ।
हलेसी आसपासमा सार्वजनिक एबं सडकको जग्गा मिचेर ५० भन्दा बढि टहरा निर्माण गरेका छन् । जसमध्ये कतिपय घर तथा टहरा हटाई सकिएको छ । धार्मिक तथा पर्यटकीयस्थल हलेसीलाई सफा, स्वच्छ र सुन्दर बनाएर पर्यटन प्रवद्र्धन गर्नका लागि नगरपालिकाले यस्तो अभियान सुरु गरेको हो । नगर प्रमुख राईका भने, “सार्वजनिक जग्गा अतिक्रमण दिनानु दिन बढेको छ, त्यसलाई रोक्नका लागि मापदण्ड मिचेर बनाईएका घर तथा टहरा हटाउँन लागिएको हो ।”
जिल्लाको एकमात्र आर्थिक केन्द्र बिन्दु मानिएको हलेसी बजारमा स्थानीयले अत्याधिक मात्रामा टहरा निर्माण गर्दै आएको पाईएको छ । मापदण्ड विपरित टहरा निर्माण तथा फोहोरमैला व्यवस्थापन नगरिदाँ कुरुप बनेको हलेसीलाई स्वच्छ र आकर्षक बनाउँनका लागि बिभिन्न अभियानहरु चलाईएको नगरपालिकाको भनाई छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology