चिसाङ शेर्पा फागुन/९ खोटाङ,
खोटाङमा आगोलागी हुंदा १ घर पुर्णरुपमा जलेर नष्ट भएको छ । रावाबेंशी गाउँपालिका-३ लामिडाडाँस्थित धन बहादुर सार्कीको दुईतले घरमा अचानक आगोलागी हुंदा १२ लाख ५६ हजारको क्षति भएको छ ।
बुधबार बिहान ९ बजेदेखी शुरु भएको आगोलागीमा परी सार्कीको श्रीमती रत्नमाया सार्कीको कम्मरमुनीको भाग जलेकोे छ । कम्मरमुनीको भाग जलेका विकको स्थानिय स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । जलेकी सार्की बोल्न सक्ने भएकाले उहाँको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाई छ ।
घरममा लागेको आगो स्थानिय र लामिडाडाँ प्रहरीचौकीका प्रहरीको सहयोगमा बिहान ११ :१५ बजे नियन्त्रणमा आएको थियो । आगोलागीको कारण खोजी भईरहेकोे खोटाङका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले बताए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology