चिसाङ शेर्पा फागुन/८ खोटाङ,
जिल्ला समन्वय समितिको परिसर फोहोरै फोहोर फाल्ने ल्याण्डफिल्ड साईड बनेको छ । रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा रहेको समन्वय समितिको परिसरमा फोहोरको डंङगुर थुप्रेको दृश्यले समन्वय समिति कि ल्याण्डफिल्ड साईड भन्नेमा दुविधा भएको छ ।
जिल्लाको प्रतिष्ठीत स्थान समिक्षालय हल बाहिर फोहोरको डंङगुर थुप्रिएको गत ५ गते सञ्चारमाध्यममा समाचार सम्प्रेषण तथा प्रसारण भएपछी उठाएजस्तो मात्रै गरीएको छ । फोहोरको ह्रास झन थुप्रिएको देखिन्छ । समन्वय समिति परिसरमा फोहोरका बोरादेखी बियरका खाली बोतलसम्म भेटिएको छ ।

समिक्षालय हल पछाडी गत आईतबार व्यवस्थापन गरिने भनिएको फोहोर
जिल्ला समन्वय समितिको छेकबार गरिएका भित्री भाग तथा हाल शौचालय छिर्ने गेट नजिक प्रयोग गरिएका प्लाष्टिकका गिलास, सर्फका खोल, पुराना मोजा, खैनी, पराग, चाउचाउका खोल, पेप्सी, डिउका बोतल, पुराना बिल, टिन, प्लाष्टिकका बाल्टिन, कागज, टिस्यु पेपर र पान खाई थुक्ने ठाउँ भएको छ ।
जिल्लाकै प्रतिष्ठीत कर्मचारी, राष्ट्रसेवक बसेर जनतालाई सुविधा तथा सुचना, शिक्षा प्रदान गरिने कार्यालय परिसर वरीपरी फोहोरमा झिंगा भन्कने, नाकमुख छोपेर हिड्ने अवस्था हुंदासमेत सम्बन्धित निकाय गर्छु, गर्छु भन्दै कानमा तेल हालेर बस्ने गरेका छन् ।

समिक्षालय हलको बाहिरी शौचालयमाथी जलाएर लथालिङग छोडिएको फोहोर
जिल्ला समन्वय समिति, प्रशासन कार्यालय जाने बोटोकै नजिक डाडाँमा खैनी, पराग, पानीको खाली बोतल सोही मुनी नजलेका फोहोरका टुक्राहरु यत्रतत्र छरप्रष्ट भएको छ । रुपाकोट मझुवागढी नगरपालिकाले गत पुस ५ गतेबाट ‘स्वच्छ, सफा र संमृद्ध नगर सम्पुर्ण रुपाकोट मझुवागढीवासीको रहर’ भन्ने मुल नाराका साथमा नगरलाइ स्वच्छ, सुन्दर र हराभरा बनाउने उद्देश्यले थालनी गरेको सरसफाई अभियान कती प्रभावकारी भयो भन्ने आँकलन उक्त फोहोरले बताएको छ ।
जिल्लाकै प्रतिष्ठित ठाउँमा फोहोरको ह्रासले सरसफाई अभियानमाथी प्रश्न खडा भएको छ । भन्ने प्रश्नमा, रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले त्यो बिषय नगरभित्र भए पनि सम्बन्धित कार्यालयले समाधान गर्नुपर्ने बताउँदै आएका छन् ।

जिल्ला समन्वय समितिको तालिमहल पछाडीको डाडाँमा थुप्रिएको फोहोर
आफ्नो कार्यालय माताहतको परिसरभित्र रहेको फोहोरलाई गएको आईतबार कार्यालय समयभित्रमा कुनैपनि हालतमा ब्यवस्थापन गरिने भनिएकोमा जिल्ला समन्वय समिति संयोजक बबि चाम्लिङको कुरा नै अपत्यारिलो साबित भएको छ ।
राष्ट्रसेवक र कर्मचारी बस्ने परिसरभित्रै फोहोरका डंङगुर हुंदा लज्जासपद बिषय भएको स्वीकार्दै कम्तीमा दुईदिनमा समन्वय समितिको समिक्षालय हल परिसरका सम्पुर्ण समस्या समाधान गरिने भनेर जिसस संयोजक राईले बताएका थिए । यद्यपी, फोहोर झन बढ्दै गईरहेको छ ।

समिक्षालय हल अगाडीको छेकबार मुनीमाथी फालिएका फोहोर

समन्वय समितिकोको डाडाँमा जलाईएका फोहोर त्यतिकै

स्थानिय हेलिप्याड र समन्वय समितिको तालिमहल सामुन्ने राखिएको फोहोरका बोरा
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology