समायोजन खबर फागुन/३ खोटाङ,
खोटेहाङ गाउँपालिकाले चासो नदिँदा जिल्लाका दक्षिणी क्षेत्रमा अझै गाडी पुग्न सकेको छैन् । छिमेकी दिप्रुङ गाउँपालिकाको पहलमा सदरमुकाम दिक्तेलदेखि पन्चमीबजारसम्म गाडी पु¥र्याएको भएपनि खोटेहाङ गाउँपालिकाले चासो नदिदाँ त्यस क्षेत्रका सर्वसाधरणको गाडी चड्ने सपना पूरा नभएको हो । स्थानिय शास्तीमाथी शास्ती खेपिरहेका छन् ।
सदरमुकाम दिक्तेलदेखि दक्षिणी क्षेत्रको खोटाङबजार जोड्ने उक्त सडकमा निर्माण भएको पाँच वर्षपछि दिप्रुङले वल्लतल्ल आफ्नो पालिकासम्म गाडी पु¥र्याएको थियो । दिप्रुङ गाउँपालिकाले आफ्नो पालिकासम्म गाडी पु¥र्याएको लामो समय वितिसक्दा पनि खोटेहाङ गाउँपालिकाले आफ्नो पालिकामा गाडी लैजान पहल नगर्दा स्थानीय आक्रोशित भएका छन् ।
“त्यहिँ पारिसम्म बस आएको देखिन्छ, तर यहाँको पालिकाले वस ल्याउँन चासो दिएको देखिदैन, हाम्रो वर्षौदेखिको गाडी चडेर सदरमुकाम जाने सपना अझै पूरा हुन सकेन ।” खोटेहाङ गाउँपालिकास्थित लिच्कीराम्चेका स्थानीय अश्विन राउत भने, ‘यो वर्षको वजेट अन्य ठाँउमा विनियोजन भइसकेकोले यस आर्थिक वर्षमा पालिकाभित्र गाडी संचालन गर्न नसकिने खोटेहाङ गाउँपालिकाका प्रमुख प्रदिप राईले बताए । उनले भने, “दिप्रुङ गाउँपालिकास्थित टुवाखोलासम्म बाटो तयार छ, खोटेहाङ गाउँपालिकाको चिप्रीङसम्म गाडी गुडाँउन सकिने अवस्था भएको भएपनि दिप्रुङ गाउँपालिकाले टुवाखोलासम्म बाटो तयार नगरिदिएका कारण गाडी ल्याउँन सकिएको छैन् ।”
०७० सालको निर्वाचित संसद तथा हालका प्रतिनिधि सभाका सदस्य विशाल भट्टराईको आफ्नै पालिकामा गाडी लैजान भट्टराईकै पहल नभएको स्थानीयको गुनासो छ । भट्टराईले नजिकैको पालिकासम्म गाडी आएपनि आफ्नो पालिकामा लैजानका लागि कुनै पनि चासो नदिएको उनिहरुले जनाएका छन् । आफुसंग अहिले कुनै पनि वजेट नभएको र सवै जिम्मेवारी स्थानीय तहको भएका कारण स्थानीय तहलाई तत्काल गाडी सञ्चालनमा ल्याउँका लागि समन्वय भइरहेको भट्टराईले जनाए ।
दिप्रुङ गाउँपालिकासम्म गाडी लैजानका लागि समायेजन खबरले पटक–पटक समाचार प्रशारण गरेपश्चात त्यस क्षेत्रसम्म गाडी गुड्न थालेको थियो । दिप्रुङ गाउँपालिका प्रमुख भूपेन्द्र राईको पहलमा पञ्चमीसम्म हाल वस सेवा सञ्चालन भईरहेको छ । यद्यपि, खोटाङबजार सदरमुकामसंग सिधा सडकबाट नजोडिएपनि घुम्ति सडकबाट सदरमुकाम र तराईका जिल्लाहरुसंग भने जोडिएको छ ।
बेलायती सरकारको सहयोगमा ग्रामीण पहँुच कार्यक्रम (¥याप)ले ११ वर्ष लगाएर २०६९ साल असारमा निर्माण सम्पन्न गरेको ७४ किलोमिटर लामो हरित सडकमध्ये हाल दिक्तेलदेखि दिप्रुङको पञ्चमीसम्म ५० किलोमीटरमा गाडी सञ्चालन भईरहेको छ ।
¥यापले ३६ करोड ३२ लाख ९९ हजार ३९१ रुपैयाँको लागतमा वाताबरणमैत्री प्रबिधि अपनाएर निर्माण गरेको उक्त सडकको केही भागमा सवारी सञ्चालन भएपछि साकेला गाउँपालिका र दिप्रुङ गाउँपालिकाका स्थानीयलाई सदरमुकाम आउँन तथा जान सहज भएको छ । खोटेहाङ गाउँपालिकाले गाडी लैजानका लागि पहल नगर्दा त्यस भन्दा पारिका जन्तेढुङ्गा र वराहापोखरी गाउँपालिका भने ओझेलमा परेका छन् ।
कुटो, कोदालो, ह्याम्मर, सावेल, गैंती लगायतका घरेलु उपकरण प्रयोग गरेर सन् २००२ देखि सडक निर्माणका काम थालेको ¥याप सडक निर्माणका काम पूरा गरेर फिर्ता गएको लामो समय बित्दा समेत उपयोगमा आउन नसकेको उक्त सडक संचालनमा आए क्षेत्र नम्बर २ अन्तरगतका पाँच गाउँपालिकाका स्थानीय लाभान्बित हुनेछन् ।
एक हिउँदमा मात्र त्यस क्षेत्रमा यातायात सञ्चालन भएपनि त्यहाँका स्थानीयलाई राहत मिल्ने देखिन्छ । यद्यपि, उक्त सडक खण्डमा बाह्रै महिना सवारी सञ्चालन गर्न भने सकिदैंन, लफ्याङ र मात्तिमवीच भएर बग्ने साप्सुखोला, मात्तिम र टेम्मावीच भएर बग्ने तावा खोलामा पक्की पुल निर्माण नभएसम्म त्यो सकस छ । यी दुवै खोलामा पक्की पुल निर्माणका गर्ने पहल भएपनि कार्य अगाडी बढेको छैन् । दक्षिणी क्षेत्र अन्तरगतका बोपुङ, फाक्टाङ, सुन्तले, देविस्थान, पौवासेरा लगायतका स्थानीयलाई सदरमुकाम आउँन दुईदेखि तीन दिन पैदल हिड्नु पर्ने बाध्यता छ । उक्त सडक खोटेहाङ गाउँपालिकोे वडकादियालेमा पर्ने थामखर्क विमानस्थलसम्म्म निर्माण गरिएको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology