• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

किरात राई संस्कृतीमा आधारित चलचित्र ‘सायाबुङ’को च्यारीटी शो दिक्तेलमा

किरात राई संस्कृतीमा आधारित चलचित्र ‘सायाबुङ’को च्यारीटी शो दिक्तेलमा


चिसाङ शेर्पा
  • सोमबार, फाल्गुन ७ २०७४

  • चिसाङ शेर्पा फागुन/७ खोटाङ,
    दिक्तेलमा किरात राई संस्कृतीमा आधारित चलचित्र सायाबुङ (शिरफुल)को च्यारिटी शो हुने भएको छ । माझकिरातको वसोवास रहेको खोटाङलाई लक्षित गर्दै राई परम्परा, संस्कार, संस्कृती उत्थानका लागि सायाबुङको च्यारिटी शो गर्न लागिएको हो ।

     

    आगामी फागनु २६ गते सदरमुकाम दिक्तेलस्थित मुभिलेण्ड हाईभिजन  हलमा सामान्य कार्यक्रमका साथमा न्युन शुल्कमा दिउँसो १ बजेदेखी ३ बजेसम्म ‘सायाबुङ’ चलचित्र देखाईने कार्यक्रम संयोजक भीम राईले बताउनुभयो ।

     

    चलचित्रमा किराती संस्कृतीमा केटी माग्न जाँदाका बिषय, माइती पक्षले चेलीलाई गरिने बिदाई, किराती संस्कारमा प्रयोग गरिने पुर्खौली सामाग्री लगायतको बिषय समेटिएको तातिम ईन्टरटेण्टमेन्ट प्रालिका फाउण्डर तथा चलचित्रका निर्माता भुवन राई (तातिम)ले बताए । उनले भने, ‘मुलतः चलचित्र शो गर्नुको उद्देश्य लोप हुंदै गएको किराती संस्कृतीको जर्गेना गर्नु हो ।’

     

    साया राईको कथा, भगीराज राईको लेखन/निर्देशन, भुवन राई (तातिम)को निर्माण तथा ईष्ट क्रियसन प्रालिको ब्यानरमा निर्मित २ घण्टा लामो चलचित्रमा मदन दुमी, निशा राई, सगुन सुशारा, राजन पल राई लगायतको अभिनय रहेको छ । प्रदेश नम्बर १ को १४ वटा जिल्लामा च्यारिटो शो सकिएपछी मात्रै हलमा चलचित्र प्रर्दशन गरिने निर्माता राईले जानकारी दिए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology