समायोजन खबर फागुन/६ खोटाङ,
जिल्लाको हलेसी आगलागी पिडितलाई १३ लाखभन्दा बढि राहत प्रदान गरिएको छ । अग्नि पिडितको सहयोगका लागि देश बिदेशमा संकलन भएको १३ लाख ३५ हजार १८५ रुपैयाँ राहत प्रदान गरिएको हो ।
गत पुस १८ गते भएको आगलागीमा घर सहित सर्वस्व गुमाएपछि टहरामा कष्टपूर्ण दिन विताइरहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका मगम राई, उचितबहादुर राई, अम्बराज राई, तम्बराज राई, मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीस दासलाई प्रतिपरिवार २ लाख ५ हजारका दरले राहत प्रदान गरिएको छ ।
यस्तै, आंशिक क्षती भएका प्रकाशचन्द्र गिरीलाई ११ हजार, सरनसरी राईलाई ८ हजार, गोबिन राईलाई ८ हजार, सरनकुमार राईलाई ६ हजार, महानन्द राईलाई ६ हजार, रेगिन्द्र राईलाई ६ हजार, कृष्ण राईलाई ६ हजार, कम्पराज राईलाई ४ हजार र चण्डेश्वर चौधरीलाई ४ हजार प्रदान गरिएको हो । संकलित रकममध्ये हलेसी तुवाचुङ नगरपालिका–९ धितुङका आगलागी पिडित धितुङका मित्रमान राईलाई २ लाख ५ हजार तथा हलेसी तुवाचुङ नगरपालिका–५ बडहरेकी सिता नेपालीलाई ४८ हजार २८४ रुपैयाँ प्रदान गरिएको अग्नि पिडित राहत संकलन समितिका संयोजक दिनेश राईले जानकारी दिनुभयो ।
काठ्माण्डौंमा दिनेश राईको संयोजकत्वमा बनेको अग्नि पिडित राहत संकलन समितिले संकलन गरेको ४ लाख ३५ हजार १८५, खोटाङ समाज हङकङको पहलमा संकलन भएको ५ लाख ५० हजार, खोटाङ सेवा समाज दक्षिण कोरियाको पहलमा संकलन भएको २ लाख १४ हजार ५६५, एमाले खोटाङ-काठ्माण्डौं सम्पर्क मञ्चको पहलमा संकलन भएको ७५ हजार, माओबादी केन्द्र खोटाङ–काठ्माण्डौं सम्पर्क समितिको पहलमा संकलन भएको ३३ हजार १५५ र अन्तरपार्टी महिला सञ्जाल खोटाङले उपलव्ध गराएको रकम शनिबार अग्नी पिडितलाई प्रदान गरिएको हो ।
धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारका व्यवसायी मगमको घरबाट सुरु भएको आगोले चार व्यवसायीका पाँच घर लगायत जल्दा ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology