• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङको दक्षिणी भेगमा पुन: चितुवा आतंक, स्थानिय त्रसित

खोटाङको दक्षिणी भेगमा पुन: चितुवा आतंक, स्थानिय त्रसित


समायोजन खबर
  • शनिबार, फाल्गुन ५ २०७४

  • समायोजन खबर  फागुन/५ खोटाङ,
    खोटाङको दक्षिणी क्षेत्रमा लामो समयदेखि चितुवा आतंक बढेको छ । चितुवा आतंक बढेसंगै स्थानीयवासी त्रसित बनेका छन् । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा चितुवा आतंक बढेको स्थानीयवासीले जानकारी गराएका छन् ।

     

    चितुवाले डम्बर्खुशिवालयस्थित कात्तिकेका स्थानीय गणेश चौलागाँईको गएराती खसी मारेकोे छ । जोडी चितुवा रहेको र खसीवााख्रा कराएपछि खोरमा हेर्न जाँदा खसीबाख्रा मार्दै गरेको अवस्थामा भेटेको चौलागाँईको बताए । चौलागाँईले भने, “वल्ल तल्ल कराएर स्थानीय भेला भएपछि चितुवालाई भगाउँन सफल भयौं ।

     

    महिनादिन हराएको चितुवाले स्थानीयका खशीवाख्रा दैनिक खान थालेपछि त्यस क्षेत्रका स्थानीयवासी आतकित ंबनेका छन् । करिव महिना दिन अघि डम्बर्खुशिवालयका स्थानीय केदार रोईलाको ५ वटा, रत्न बहादुर राई र मान बहादुर रोईलाको खसी वाख्रा खाएको थियो । वाख्राको खोर भत्काएर राईको सातवटा खशीवाख्रा मारेको थियो ।

     

    चितुवा जंगलबाट गाउँघरमा आएर साँझ परेपछि ठुलो आवाज गरेर कराउँने तथा खोर भत्काएर दैनिक खसीवाख्रा मार्ने गरेका कारण त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् । चितुवाले एक्लै अवस्थामा मानिसलाई भेटे आक्रमणको प्रयास गर्ने तथा लखेट्ने गरेको स्थानीयको भनाई छ ।

     

    स्थानीयका अनुसार पाटैपाटा परेको ठुलो खालको चितुवा देखिएको छ । २ वटा चितुवा रहेको र संगै हिडने तथा विहान घाम झुल्कीनसाथ जंगलका डाँडामा संगै जुद्दै घाम ताप्न निस्कने गरेको छ । चितुवा आतंकले ‘वालबच्चा जोगाउँनलाई समस्या भएको स्थानिय बताउँछन् । ‘चारै तिर जंगल छ, विद्यालय जाँदाआउँदा आक्रमण गर्लाकी भन्ने डर भईरहन्छ ।’ स्थानियको भनाई छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology