चिसाङ शेर्पा फागुन/४ खोटाङ,
खोटाङको विभिन्न स्थानहरुमा बसोवास गर्ने शेर्पा समुदायले २१४५औ स फो खिलो ग्याल्पो ल्होसार धुमधाका साथ मनाएका छन् । जिल्लाको माथिल्लो क्षेत्रमा बसोबास गर्ने शेर्पाहरुले छेव थांगबोमा घर–घरमा आफन्त, नातागोताहरु भेलाभई मान्यजनहरुबाट आर्शिबाद लिदै ल्होसार मनाएका हुन् ।
ल्होसारको शुरुदिनमा गुम्बामा पुजापाठ गरि छ्याल्दोक बनाई बाँडेर खाने र शुभकामना आदानप्रदान गर्न सकिने धार्मिक मान्यता रहेको रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल मुढेका एनटी शेर्पाले बताए । राज्यले एकदिन ल्होसार मनाए पनि शेर्पा समुदायले १५ दिन मनाउने परम्परा रहेको उहाँले बताउनुभयो ।
गाउँमा धुमधामका साथ एकैदिन भव्यताका साथ ग्याल्पो ल्होसार मनाईएको रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका वडासदस्य ढकराज शेर्पाले बताए । नुनथला गैरीमा दुई ठाउँमा मिठामिठा परिकार, मान्यजनको हातबाट आर्शिबाद र नाचगानका साथमा ल्होसार मनाईएको शेर्पाले समयोजन खवरलाई बताए । यता नगरपालिकाको दिक्तेल मुढेमा भने झुठो परेकाले त्यहाँका शेर्पा समुदायले ल्होसार नमनाएको स्थानियले बताएका छन् ।
यस्तै, जिल्लाको खोटेहाङ गाउँपालिकाको बड्कादियाले, वाफलुखा तथा साकेला गाउँपालिकाको रतन्छा, खिदिमाका शेर्पा समुदायले उल्लासपुर्ण रुपमा ल्होसार मनाएका खोटेहाङ गाउँपालिका–४ बड्कादियालेका स्थानिय मिनिका शेर्पाले बताउनुभयो । दिक्तेल, चिउरीडाडाँ, हलेसी, भुल्के, ऐसेलुखर्कका समुदायले समेत ल्होसार मनाएका छन् ।
शेर्पा समुदायले आजबाट चरा वर्षको विदाइ गरी कुकुर वर्षलाई स्वागत गरेका छन् । बिहानै उठेर धाराको पानी थाप्ने र देवीदेवतालाइ चढाएर साङसेरकेम गरेर पुण्य प्राप्ति हुने बिश्वासका साथमा प्रत्येक बर्ष शेर्पा समुदायले ल्होसार मनाउने गरिन्छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology