समायोजन खबर माघ/२९ खोटाङ,
खोटाङमा परिवार नियोजन सम्वन्धी कार्यक्रम सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयसँगको सहकार्यमा सुनौला परिवार नेपाल (मेरी स्टोप्स)ले परिवार नियोजन सम्बन्धी कार्यक्रम सुरु गरेको हो । जिल्लामा परिवार नियोजनका साधनको उपयोग गर्ने दर अत्यान्तै न्यून देखिएपछि परिवार नियोजन कार्यक्रम सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
परिवार नियोजनका साधन कण्डम, पिल्स, डिपो, आइयूसिडी, इम्प्लान्ट, भ्यासेक्टोमी, मिनिल्याप देखि प्राकृतिक उपायका विषयमा सर्वसाधारणलाई जानकारी दिएर परिवार नियोजनका साधन प्रयोग बढाउनका लागि कार्यक्रम सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रामबहादुर केसीले बताउनुभयो ।
परिवार नियोजन कार्यक्रमका लागि जिल्लामा ४ जना महिलालाई पप–पप भोलेन्टियर र ४ जना महिलालाई एमएस लेडिजकारुपमा नियुक्त गरेर परिचालन गरिएको सुनौला परिवार नेपालले जनाएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology