• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सार्वजनिक स्थलमा सुर्तीजन्य गतिविधि गरेमा पाँचसय जरिबाना, होटल व्यवसायी नै अटेरी बनाउँदैन स्मोकिङ जोन

सार्वजनिक स्थलमा सुर्तीजन्य गतिविधि गरेमा पाँचसय जरिबाना, होटल व्यवसायी नै अटेरी बनाउँदैन स्मोकिङ जोन

नैतिक तथा पाँचसय रुपैयाँ आर्थिक कारवाही गरिने


चिसाङ शेर्पा
  • आइतबार, माघ २८ २०७४

  • चिसाङ शेर्पा माघ/२८ खोटाङ,
    जिल्लामा पन्ध्रदिन भित्रमा सार्वजनिक स्थल र निकायमा जथाभावी सुर्तीजन्य पदार्थ सेवनमा निराकरण गरिने भएको छ । बिशेषगरी स्मोकिङ जोन नभएका होटल, चोक, सरकारी कार्यालय, बिद्धालयमा १५ दिनसम्म निराकरण गरिने र पन्ध्रदिनपछी सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गरेमा नैतिक तथा पाँचसय रुपैयाँ आर्थिक कारवाही गरिने भएको छ ।

     

    स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल शाखा खोटाङले आईतबार पत्रकार सम्मेलन गर्दै मानविय स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने सुर्तीजन्य गतिबिधीमा न्युनिकरण गर्नका लागि कारवाहीको नीति बनाएको हो । शुरुवातमा सदरमुकाम दिक्तेल बजारका होटल, चोक, विद्धालय र सरकारी कार्यालयमा त्यस्ता गतिविधिलाई न्युनिकरणका लागि फ्लोअप गरिने सञ्जालका अध्यक्ष दिलीप खत्रीले बताउनुभयो ।

    “पशुपंक्षीले सम्म नखाने कुरालाई हामी खान्छौ अनि, हामी नै निराकरण लागि बहस गछौ लज्जासपद कुरा एक सहभागीले बताए ।”

    माघ २८ गतेबाट पन्ध्रदिन सञ्जालका पदाधिकारी तथा स्थानिय सञ्चारकर्मीले सुर्तीजन्य गतिविधिलाई निगरानी गर्नेछ । उनले भने, त्यसपछि पनि त्यस्ता गतिविधि पाईएमा रुपाकोट मझुवागढी नगरपालिकाले ‘नगर सफाई अभियान’ अन्तरगत सञ्चालन गरीरहेको कारवाही अभियानलाई थप शसक्क्त बनाइनेछ ।

     

    रुपाकोट मझुवागढी नगरपालिकालाई सफा बनाउने उद्देश्यका साथमा नगरपालिका र होटल व्यवसायीले दिक्तेल बजारका होटलहरुमा स्मोकिङ जोन बनाएर मात्रै सुर्तीजन्य पदार्थ सेवन गर्न महिनादिन अघि नियम बनाएको थियो । यद्यपी, ब्यवसायीहरु अटेरी गर्दै अझैपनि होटलमा स्मोकिङ जोन नबनाई सार्वजनिक स्थलमै सुर्तीजन्य पदार्थ प्रयोग भइरहेकाले त्यसका लागि कडारुपमा सञ्जाल खट्ने उपाध्यक्ष अनिल आचार्यले बताए ।

     

    सञ्जालले आईतबार बिहान दिक्तेलमा सुर्तीजन्य पदार्थ रोकथाम सम्बन्धी गरेको छलफलमा सहभागीहरुले निराकरणमा आफैबाट शुरु गर्नुपर्ने बताएका थिए । पशुपंक्षीले सम्म नखाने कुरालाई हामी खान्छौ अनि, हामी नै निराकरण लागि बहस गछौ लज्जासपद कुरा एक सहभागीले बताए ।

     

    सञ्जालको यस क्रियाकलापलाई जिल्लाका सञ्चारमाध्यम, पत्रकार, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, रुपाकोट मझुवागढी नगरपालिकाले सहयोग गर्ने बताएका छन् । कार्यक्रममा जिल्ला समन्यव समिति संयोजक बबी चाम्लिङ, रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदी, जिल्ला अस्पताल खोटाङका प्रमुख डाः राम बहादुर केसीले स्वास्थ्य अधिकार र सुर्तीजन्य क्रियाकलापलाई रोकथाम गर्नमा सहयोग गर्ने बताएका थिए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology