• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जिससलाई शसक्त निकाय बनाउने महासंघको निष्कर्ष

जिससलाई शसक्त निकाय बनाउने महासंघको निष्कर्ष


समायोजन खबर
  • बिहिबार, माघ २५ २०७४

  • समायोजन खबर माघ २५ खोटाङ,
    जिल्ला समन्वय समिति महासंघ नेपाल प्रदेश नम्बर १ ले हरेक जिससलाई शसक्त र प्रभावकारी निकायकारुपमा स्थापित गराउन आवश्यकता रहेको निष्कर्ष निकालेको छ । जिल्ला समन्वय समिति मोरङको सभाहलमा बुधबार सम्पन्न जिल्ला समन्वय समिति महासंघको प्रदेश कमिटिको पहिलो बैठकले संबिधान संशोधन गराएरै भए पनि हरेक जिससलाई अधिकार सम्पन्न बनाउनका लागि संघर्ष गर्ने निर्णय गरेको छ ।

     

    बैठकबाट ऐन र नियम निर्माण गरेर हाल प्राप्त जिससको जिम्मेवारीलाई परिभाषित गर्न दवाव सिर्जना गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति महासंघ नेपाल प्रदेश नम्बर १ का अध्यक्ष बबी चामलीङले बताउनुभयो ।

     

    जिससको अधिकार सम्वन्धी आवश्यक ऐन तथा नियमावली निर्माणमा पहल गर्न प्रदेशका मूख्या मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्री, स्थानीय तह हेर्ने मन्त्री, प्रदेशसभामा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेता, प्रमुख सचेतक, सबै दलका प्रदेश कमिटिका प्रमुख तथा उपप्रमुखसँग तत्काल अन्तरक्रीया गर्ने निर्णय गरिएको महासंघले जनाएको छ । बैठकले जिल्ला समन्वय समितिले गर्ने अनुगमनको कामलाई प्रदेशभर एकरुपता ल्याउन जिसस अनुगमन दिग्दर्शनको मस्यौदा निर्माणका लागि अध्यक्ष चामलीङ र जिसस झापाका प्रमुख सोमनाथ पोर्तेललाई जिम्मेवारी दिएको छ ।

     

    बैठकले गत माघ १० र ११ गते काठ्माण्डौंमा सम्पन्न जिसस महासंघको राष्ट्रिय परिषदबाट पारित २६ बुँदे घोषणापत्र कार्यान्वयनका लागि प्रतिवद्धता व्याक्त गरेको छ । महासंघले प्रदेश कार्यसमितिको प्रवक्तामा धनकुटाका टंकबहादुर चौहानलाई तोकेको जनाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology