• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा देउसी खेलेको रकमले गाउँमा वाइफाई

खोटाङमा देउसी खेलेको रकमले गाउँमा वाइफाई


समायोजन खबर
  • बुधबार, माघ २४ २०७४

  • समायोजन खबर  माघ/ २४ खोटाङ,
    देउसी खेलेको पैसाले खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दलितबस्तीमा वाइफाई बिस्तार गरिएको छ ।दलितबस्तीलाई सञ्चारका माध्यमबाट संसारभर जोड्नका लागि गएको तिहारमा देउसी खेलेर जम्मा भएको २५ हजार रकमको खर्चमा दलितबस्तीमा वाइफाई सेवा बिस्तार गरिएको हो । स्थानीय अजम्बरी टोल विकास समितिको पहलमा दलित बस्तीमा १ हजार २४ केविपिएस क्षमताको वाइफाई बिस्तार गरिएको छ ।

     

    इन्टरनेटका माध्यमबाट दलितबस्तीमा सञ्चारको पहुँच वृृद्धिका लागि देउसी खेलेर जम्मा भएको रकम वाइफाई बिस्तारमा खर्च गरिएको स्थानीय नगर कार्यसमितिका सदस्य गंगाबहादुर बिश्वकर्माले बताउँनुभयो ।

     

    इन्टरनेटको माध्यमबाट देशविदेशका समाचार, सूचना, जानकारी लेनदेनका लागि समेत वाइफाई सहयोगी बनेको स्थानीय बताउँछन् । वाइफाई जडानसँगै कतिपयले इन्टरनेटका माध्यमबाट बालबालिकालाई अध्ययन गराउने गरेका छन् । वाइफाईका कारण दलितबस्तीमा सामाजिक सञ्जालका प्रयोगकर्ता समेत बढेका छन् ।

     

    वाइफाईका लागि दलितबस्तीमा वल्र्ड्लिंकको तीन वटा राउटर, रिसिभर, तारलगायत जडान गरिएको छ । वार्षिक १८ हजार शुल्क तिर्नेगरी दलितबस्तीका १२ घर परिवारले वाइफाई सेवा लिएको अजम्बरी टोल विकास समितिले जनाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology