गोपाल राई माघ/२२ खोटाङ,
शाररिक फिट्नेसका लागि खोटाङमा जिमखानाको उद्घाटन भएको छ । सदरमुकाम दिक्तेलस्थित संगमटोलमा करीब २० लाखको लागतमा ‘दिक्तेल फिट्नेस सेन्टर’ नामक जिमहलको सोमबार विधिवत रुपमा उद्घाटन भएको हो ।
रुपाकोट मझुवागढी नगरपालिकाका ४ स्थानिय युवाहरुको संयुक्त लगानीमा सञ्चालित जिमखानाको सामुदायिक सेवा केन्द्रका अध्यक्ष सनमान खड्काले रिबन काटेर उद्घाटन गरेका हुन् । जिल्लामा पहिलोपटक सञ्चालन हुने जिमखानामा चेष्ट, थाई, काफ, फोराम्स, डेल्ट, सोल्जर, ब्याक, ट्राईसेफ, वाइसेफ्स लगायतका कसरत गर्न सकिने सञ्चालक समितिका भिषण राईले बताउनुभयो । जिमखानामा मोटो तथा पातलो ब्यक्तिहरुले सुविधा लिन सकिने राईको भनाई छ ।

खाशगरी ब्यस्त तथा हिडडुल गर्न समय नहुनेका लागि जिमखाना प्रभाबकारी हुने सञ्चालक भिम राईले बताए । बिहान ५ बजेदेखी ११ र दिउँसो ३ बजेदेखी साँझ ८ बजेसम्म शाररिक ब्यायम गर्न सकिने सेन्टरले जनाएको छ । ११ हजार ५ सय रुपैयाँ तिरेर सेन्टरमा बर्षदिन जिम गर्न सकिनेछ । जिमखाना शुरुसँगै जिम गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । सञ्चालक समितिमा राईद्धयका अलवा आशिष उदास र सन्तोष जोशी रहेका छन् ।

समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology