• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गुम्बा शिलन्यास गर्दै नेता राईले भने, फागुन दोश्रो साता नयाँ सरकार

गुम्बा शिलन्यास गर्दै नेता राईले भने, फागुन दोश्रो साता नयाँ सरकार


समायोजन खबर
  • शनिबार, माघ २० २०७४

  • समायोजन खबर माघ/२० खोटाङ,
    नेकपा एमालेका पोलिटव्यूरो सदस्य शेरधन राईले आगामी फागुन दोस्रो साताभित्र नयाँ सरकार निर्माण हुने बताएका छन् । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला साविक–९ संसारीडाडाँमा २१ करोडको लागतमा निर्माण गर्न लागिएको ला ज्लायो वाङथोप गुम्बा शुक्रबार शिलान्यास गर्दै एमाले नेता राईले आगामी फागुन ३ गतेसम्ममा ७ वटै प्रदेशमा प्रदेश सरकार निर्माण हुने र फागुन दोस्रो साताभित्र वाम गठबन्धन नेतृत्वमा स्थिर र बलियो सरकार बन्ने बताएका हुन् । ‘फागुन ३ गतेसम्ममा सबै प्रदेशले प्रदेश सकार पाउने छन् । त्यसपछि फागुन दोस्रो साताभित्र वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्छ,’ एमाले प्रदेश नम्बर १ का उपसंयोजक रहेका राईले भने, ‘७ वटा प्रदेशमध्ये ६ वटामा बाम गठबन्धनले नेतृत्व गर्ने छ।’

     

    नेता राईले नयाँ सरकार देशमा स्थायी शान्ती र राजनैतिक स्थायीत्व कायम गर्दै सामाजिक सुरक्षा सहितको सम्मानको ग्यारेन्टी गर्ने बताए । उनले मुलुकको विकास र संबृद्धिको चाहनालाई मुर्त रुप दिन ठोस योजनाका साथमा अगाडि बढ्नु नयाँ सरकारको कार्यभार हुने उल्लेख गरे । ‘देशमा भौतिक पुर्वाधारको बिकास गर्नुछ, प्रत्येक कुना कुनालाई सडकबाट जोड्नु छ । प्रत्येकको घरमा बत्ती बाल्नु छ । घर घरमा पिउने पानीको धारा बिस्तार गर्नुछ,’ राईले भने, ‘प्रत्येक गाउँमा शैक्षिक संस्था, अस्पताल खोल्नु छ । रोजगारीका अवसर सिर्जना गर्नु छ । अवशर खोज्दै बसाई सर्नुपर्ने बाध्यता अन्त्य गर्नु छ।’

     

    तीन वटै सरकार पाएपछि देश स्वर्णीम युगमा प्रवेश गर्ने राईले बताए । कार्यक्रमका अधिकांश वक्ताले शेरधनलाई भावी मूख्या मन्त्रीकारुपमा सम्बोधन गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य राजन राई लगायतले बोलेका थिए ।


    नगरपालिकाको क्रमागत बजेट र दातृ निकायहरुको सहयोगमा २१ करोडको लागतमा निर्माण हुने ‘ला ज्यालो वाङ थोप’ नामक गुम्बाका लागि नुनथलाकै स्थानिय तथा गुम्बा व्यवस्थापन समिति अध्यक्ष मेनुका तामाङ राईले निशुल्क प्रदान गरेको १ रोपनी ७ आना १ पैसा ३ दाम जग्गा दान गरेका छन् ।

     

    गुम्बा निर्माण पश्चातच नुनथलाका बौद्ध धर्मावलम्बीसहित आसपासका गाउँपालिका तथा नगरपालिकाका सेवाग्राहीले सुविधा लिन सकिने गुम्बा निर्माण उपभोक्ता समितिका अध्यक्ष महेश तामाङले बताउनुभयो । गुम्बामा बौद्ध धर्म अनुसारका संस्कार गर्न सकिन्छ अध्यक्ष तामाङले भने, गुम्बा निर्माणमा हामी सबैको सहयोगको अपेक्षा राख्दछौ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology