• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङका ब्रेन ट्यूमर पिडित बालिकालाई ७८ हजार बढी आर्थिक सहयोग

खोटाङका ब्रेन ट्यूमर पिडित बालिकालाई ७८ हजार बढी आर्थिक सहयोग


समायोजन खबर
  • मंगलबार, माघ १६ २०७४

  • सांकेतिक तस्विर ।

    समायोजन खबर माघ /१६ खोटाङ,
    खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलकी ब्रेन ट्यूमर पिडित बालिका दिपा राईलाई ७८ हजार ४९५ रुपैयाँ सहयोग प्राप्त भएको छ ।

     

    दिर्घायु गुरु अस्पताल चावहिलमा शल्याक्रीया गरिएकी १२ वर्षीय बालिकालाई हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ दियाले घर भइ हाल पोर्चुगलमा कार्यरत अनिल राईको पहलमा संकलन भएको ४५ हजार, हङकङमा रहेका मिठासरी राईको पहलमा संकलन भएको २२ हजार ८४५ रुपैयाँ प्राप्त भएको हो । यस्तै, ओखलढुंगा नारायणस्थान अँधेरी घर भइ हाल कोरियामा रहेका युन्ना राईबाट १० हजार, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका गगन चामलीङबाट ५ सय र काठ्माण्डौं नारायणस्थान निवासी बिना थापाबाट १५० रुपैयाँ सहयोग प्राप्त भएको ‘दिपा राई बचाउ अभियान’ले जनाएको छ ।

     

    बिरामी परेपछि गत मंसिर ५ गते टिचिङ अस्पतालमा पु¥याएपछि दिपालाई ब्रेन ट्यूमर भएको पूष्टि भएको बुवा बाबु बिरबहादुर राईले बताउनुभयो । चार छोरीमध्ये घरकी जेठी छोरी दिपा जालपा माबि बादेलमा कक्षा ७ मा अध्ययनरत छिन् । आर्थिक अभावमा भारत लैजान नसकिएपछि बालिकाको दिर्घायु गुरु अस्पताल चावहिलमा पुस ८ गते शल्यक्रीया गरिएको थियो । दिपाका लागि यसअघि हङकङ निबासी शुभेच्छुकबाट १ लाख १४ हजार ४ सय सहयोग प्राप्त भएको बालिकालाई पुःन उपचार खर्च स्वरुप सहयोग प्राप्त भएको हो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology