चिसाङ शेर्पा माघ/१५ खोटाङ,
खोटाङमा अज्ञात समुहले घर जलाईदिएपछि एक परिवार विस्थापित भएको छ । रावाबेशी गाउँपालिका–६ हौंचुरका डाकमान बिकको घरमा अज्ञात समुहले आगो लगाई दिंदा बिक दम्पतीको बिचल्ली भएको हो ।
अपरिचित समुहले शनिवार राती करीब १० बजे घरमा कोही नभएको मौका छोपेर आगो लगाईदिएको हो । घरमुली बिक रोजगारीको शिलसिलामा सिन्धुपाल्चोक र श्रीमती माईतीमा भएको बेला घरमा आगो लगाईदिएको हांैचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले जानकारी दिनुभयोे ।
बिक दम्पतीको हौचुर गिद्धेमा रहेकोे घर जल्दा करीब ३ लाखको क्षति भएको छ । घट्नाको आशंकमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । हौंचुर डाडाँगाउका १४ वर्षिय अनिल खत्री र १५ वर्षिय बिक्रम राईलाई गिरफ्तार गरिएको रुपाकोट मझुवागढी नगरपालिका जाल्पा प्रहरी चौकीका असई बावुराम खड्काले बताउनुभयो । प्रस्ट्याई हुन सकेको छैन खड्काले भने, ‘थप सोधपुछ भईरहेको छ ।’ पिडित दम्पती छिमेकीको सहरामा बसेका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology