• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नुनथलामा ‘ला ज्यालो वाङ थोप’ गुम्बा निर्माण हुने, बौद्ध धर्मावलम्वीहरु एकीकृत हुंदै

नुनथलामा ‘ला ज्यालो वाङ थोप’ गुम्बा निर्माण हुने, बौद्ध धर्मावलम्वीहरु एकीकृत हुंदै


चिसाङ शेर्पा
  • शनिबार, माघ १३ २०७४

  • चिसाङ शेर्पा माघ/१३ खोटाङ,

    खोटाङमा बौद्ध धर्मावलम्बीहरुका लागि बिशाल गुम्बा बन्ने भएको छ । रुपाकोट मझुवागढी नगरपालिका नुनथला–१३ साविक–९ भञ्ज्याङ संसारीडाडाँमा नगरपालिकाको क्रमागत बजेट र दातृ निकायहरुको सहयोगमा २१ करोडको लागतमा ‘ला ज्यालो वाङ थोप’ नामक गुम्बा बन्ने भएको हो ।

     

    नुनथलाका स्थानिय तथा गुम्बा व्यवस्थापन समिति अध्यक्ष मेनुका तामाङ राईले निशुल्क प्रदान गरेको १ रोपनी ७ आना १ पैसा ३ दाम जग्गामा बन्ने गुम्बामा नुनथलाका बौद्ध धर्मावलम्बीसहित आसपासका गाउँपालिका तथा नगरपालिकाका सेवाग्राहीले सुविधा लिन सकिने गुम्बा निर्माण उपभोक्ता समितिका अध्यक्ष महेश तामाङले बताउनुभयो । गुम्बामा बौद्ध धर्म अनुसारका संस्कार गर्न सकिन्छ अध्यक्ष तामाङले भने, गुम्बा निर्माणमा हामी सबैको सहयोगको अपेक्षा राख्दछौ ।


    नगरपालिकाको क्रमागत बजेट अनुसार निर्माण हुने गुम्बाका लागि देश तथा विदेशबाट स्वेच्छिक सहयोग गर्न सकिने निर्माण उपभोक्ता समितिका सचिव मणि लामाले बताए । गुम्बा निर्माण सम्पन्नसँगै गुम्बाले दिने सुविधाका अलवा जिल्लाका लागि पर्यटन प्रर्बद्धन गर्नमा गुम्बाले सहयोग पुग्नेछ । उनले भने, ‘गुम्बाबाट नाङगो आखाँले सगरमाथा देख्न सकिन्छ, यस कारण पनि यस ठाउँ पर्यटनका लागि पटक क्षेत्र हुनेछ ।’

     

    आगामी माघ १९ गते औपचारिक रुपमा गुम्बाको शिलन्यास हुने भएको छ । लोसाङ नाम्ग्याल रिन्पोछेबाट भूमिपुजा पश्चात भुतपुर्व सञ्चारमन्त्री तथा प्रतिनितिधसभा सदस्य शेरधन राईले गुम्बाको शिलन्यास गरिने कार्यक्रम रहेको छ । निर्माण समापनपछि गुम्बाभित्र सिठो लजोको १ सय र बौद्धधर्मसँग सम्बन्धित अन्यगरी १०८ वटा मुर्ति रहने छ । बौद्ध धर्ममा माटोको मुर्ति पबित्र हुने धार्मिक परम्परा रहेकाले सयवटा माटोको र अन्य पितल तथा ढलोटको मुर्ति राखिने गुम्बा निर्माण उपभोक्ता समितिले जनाएको छ ।


    नगरपालिकाको क्रमागत बजेटले मात्रै ‘ला ज्यालो वाङ थोप’ गुम्बा निर्माण संम्भव नभएकाले देश तथा बिदेशमा रहेका सहयोगीदातालाई सहयोग गरिदिन समेत उपभोक्ता समितिले अनुरोध गरेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology