• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रिब्दुङ महेश्वरीमा निर्माणाधिन किरात संग्रहालयमा देशबिदेशका राईहरु एकीकृत हुंदै

रिब्दुङ महेश्वरीमा निर्माणाधिन किरात संग्रहालयमा देशबिदेशका राईहरु एकीकृत हुंदै


समायोजन खबर
  • बुधबार, माघ १० २०७४

  • समायोजन खबर माघ /१०खोटाङ,
    जिल्लाको ऐसेलुखर्क गाउँपालिकास्थित रिब्दुङ महेश्वरीमा निर्माणाधिन किरात राई संग्रहालयप्रति देश–बिदेशमा रहेका किरातीहरुको ध्यान केन्द्रीत भएको छ । किरात राई जातिको मौलिक पहिचान तथा अस्तित्व बोक्ने ऐतिहासिक, धार्मिक, साँस्कृतिक सामाग्री र भेषभूषा संरक्षणार्थ संग्रहालयको आर्थिक सहयोगतर्फ किरातीहरु केन्द्रीत भएका हुन् ।

     

    नेपालकै इतिहासमा पहिलो पटक निर्माण शुरु गरिएको किरात राई जातिको मौलिक गरगहना, कला, साहित्य, सीपजस्ता बहुमुल्य सम्पदालाई संकलन र संरक्षण गर्ने उदेश्यले निर्माण शुरु गरिएको संग्रहालय भवनका लागि एक बर्षमा १६ लाख रुपैंयाँ बढी रकम प्राप्त भएको निर्माण समितिको संयोजक खुक्सङ खम्बुले बताउनुभयो ।

     

    संग्रहालयको बिकास गरी किरात अध्ययन केन्द्रको रुपमा स्थापित गर्ने र पर्यटनमा समेत टेवा पु¥याउने गरी दीर्घकालिन योजना तय गरिएको छ । देशबिदेशमा रहेका किरात संस्कृतिप्रेमी तथा सामाजिक संघसंस्थाहरुले महाअभियानको रुपमा लिई संग्रहालय निर्माणको सहयोगमा जुटेको संयोजकखम्बुको भनाई छ ।

     

    तीन बर्षमासम्पन्न गर्ने गरी गत बर्षदेखि किरातीहरुको ऐतिहासिक संग्रहालय निर्माण अभियान शुरु गरिएको थियो । संग्रह निर्माणका लागि २ करोड रुपैंयाँ बराबरको बृहत योजना बनाईएकोमा यो बर्ष ५५ लाख रुपैंयाँ लागतमा संग्रहालयको एक तला निर्माण सम्पन्न गर्ने तयारी गरिएको छ । संग्रहालय भवन निर्माणका लागि वडाबाट ५ लाख रुपैंयाँ बजेट यो बर्ष बिनियोजन गरिएको छ । संग्रहालय निर्माण कार्यलाई महाभियानको रुपमा लिनुपर्ने भन्दै दाताहरुले स्वस्फुर्त रुपमा बोलकबुल समेत गरिरहेको निर्माण समितिले जनाएको छ ।

     

    ‘दश किरात, दश चुल्हो, एक भान्सा’ भन्ने किराती कथन अनुरुप किरातीहरुको मौलिक इतिहास, संस्कार, चालचलनलाई केन्द्रीत गर्दै निर्माण गरिने संग्रहालयको लागि सबै प्रकारको सहयोग सबै पक्षबाट आवश्यक रहेको संयोजक खम्बुको भनाई छ ।  दश किरातको प्रतीक स्वरुप दश भुजा र दश कोणमा डेकागन आकारमा किरात राई स्रग्रहालय निर्माण गरिने योजना छ । तीन तले गोलाकार भवनको धुरीमा मेटलबाट निर्मित चिण्डोको बर्निङ गजुर राख्ने तथाकिराती बास्तुकलाले भरपुर सजाइने छ । संग्रहालय भवन पूर्णतः भूकम्प प्रतिरोधात्मक बनाउने टुंगो लागेको बताइएको छ ।

    किराया प्रारम्भिक समितिले प्रारम्भ गरेको एक ऐतिहासिक कार्य

    थुलङ राईहरुले आवाद गरेको जिल्लाको सुदुर उत्तर–पुर्वी दिशामा अवस्थित किरातीऐतिहासिक थलोमा संग्रहालय निर्माण गर्ने अवधारणा किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति रिब्दुङ महेश्वरीले बनाएको थियो । थुलुङ राईहरुको भाषा, संस्कृति अझै पनि ज्यूँको त्यूँ रहेको रिब्दुङका प्रारम्भिक कार्य समितिले यायोक्खा जिल्ला र केन्द्रसँगको समन्वय र सहयोगमा संग्रहालय निर्माण प्रक्रिया प्रारम्भ गरेको निर्माण समितिले जनाएको छ ।
    संग्रहालयको बृहत अवधारणा सँगै स्थानीय दाता शम्शेरजंग राई, मानबहादुर राई र पूर्णबहादुर राईले ८ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभयो । किरात राई यायोक्खाको नाममा दर्ता गराईएको उक्त जग्गा ऐतिहासिक, साँस्कृतिक तथा भौगोलिक हिसाबले समेत अत्यन्तै आकर्षक रहेको जनाईएको छ । जग्गा खरिद तथा निःशुल्क माग गरी संग्रहालयको क्षेत्रफल कम्तिमा ५० रोपनी बनाउने योजना छ ।

    के हुँदैछ त निर्माण कार्यमा ?

    करिब २ करोडको लागतमा ३ बर्षमा निर्माण सम्पन्न गर्ने योजना अन्र्तगत हाल एक बर्ष बित्दा घडेरी सम्याउने, निर्माणस्थलमा गिटी–बालुवाको ब्यवस्था, काठ काट्ने लगायतका कार्य सम्पन्न भईसकेको छ । पछिल्लो समय आर्थिक स्रोत जुटाउने अभियान जारी रहँदै गर्दा यही माघ अन्तिमदेखि घर निर्माणको काम शुरु गर्ने निर्माण समितिको तयारी छ । घर निर्माणको लागि तत्कालै रड र सिमेण्ट खरिद तथा ढुवानी प्रक्रिया अघि बढाईनेछ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology