• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ हलेसीका अग्नी पिडितलाई २ लाख ६७ हजार ४१३ रुपैँया सहयोग

खोटाङ हलेसीका अग्नी पिडितलाई २ लाख ६७ हजार ४१३ रुपैँया सहयोग


समायोजन खबर
  • शनिबार, माघ ६ २०७४

  • समायोजन खबर माघ/६ खोटाङ

    गत पुस १८ गते खोटाङको हलेसीमा भएको आगलागी पिडितलाई फेसबुक ग्रुप च्याटका माध्यमबाट संकलन गरिएको राहत रकम प्रदान गरिएको छ । आगलागीमा घर सहित सर्वस्व गुमाएपछि टहरामा कष्टपूर्ण दिन विताइरहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीस दासलाई राहत प्रदान गरिएको हो ।

     

    घट्ना लगत्तै स्थानीय जनज्योती क्लब र जनकल्याणकारी सेवा समाजले सञ्चालन गरेको ‘घर सल्लाह फेसबुक ग्रुप च्याट’ मार्फत देशबिदेशबाट संकलन भएको २ लाख ६७ हजार ४१३ रुपैयाँ शुक्रबार पिडितलाई प्रदान गरिएको हो ।

     

    संकलित रकममध्ये मगम, उचितबहादुर, अम्बराज र तम्बराजलाई जनही ६० हजार र मगमको एक घर भाडामा लिएर व्यवसाय गर्दैआएका जगदीसलाई २७ हजार ४१३ रुपैयाँका दरले वितरण गरिएको शिक्षक नबिन चामलीङले जानकारी दिए । धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारका व्यवसायी मगमको घरबाट सुरु भएको आगोले चार व्यवसायीका पाँच घर लगायत जल्दा ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology