• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङको थामखर्क विमानस्थल कालोपत्रेको काममा अति सुस्तता

खोटाङको थामखर्क विमानस्थल कालोपत्रेको काममा अति सुस्तता


चिसाङ शेर्पा
  • मंगलबार, माघ २ २०७४

  • चिसाङ शेर्पा माघ/२ खोटाङ,

    दुई वर्षभित्रमा कालोपत्रेको काम सक्नेगरी अघि बढाइएको खोटाङको थामखर्क विमानस्थलको काममा ठेकेदार कम्पनीले ढिलासुस्ती गरिदां तोकिएको समयमा धावनमार्गको काम नसकिने भएको छ ।

     

    कच्ची बिमानस्थलमा बाहैमास उडान गर्न समस्या भएकाले नेपाल नागरिक उड्ययन प्राधिकरणको ९ करोड ३८ लाख ६८ हजार ७ सय रुपैयाँ सहयोगमा २०७५ असार मसान्तसम्म सम्पन्न गर्नेगरी रौता कन्ट्रक्सन कम्पनीले विमानस्थल ठेक्का लिएकोे हो । २०७३ माघदेखि कालोपत्रेको काम जिम्मा लिएको भए पनि ठेकेदारको कामको गती हेर्दा सम्झौता अवधिमा धावनमार्गकोे काम नसकिने पक्का भएको छ ।

     

    दुई वर्षभित्रमा पूर्णरूपमा सञ्चालनमा ल्याउनेगरी निर्माण कार्य अघि बढाइए पनि ठेकेदार कम्पनीले कछुवाको गतिमा काम अघि बढाउँदा विमानस्थलको धावनमार्ग निर्माणकार्यमा ढिलाई भएको स्थानिय कुमार पराजुलीले बताए । पराजुलीले भने ‘विमानस्थलको काम तिव्ररुपमा अगाडि नबढाइए नागरिक उड्ययन प्राधिकरणको कार्यालयमा धर्ना दिन बाध्य हुनेछौँ ।’

     

    ठेकेदारको कामको गती अनुसार तोकेको समयमा विमानस्थलको काम नसकिने र नागरिक उड्ययन प्राधिकरणमा ठेकेदारलाई बोलाएर विमानस्थल शिग्र सञ्चालन गर्न दवाव दिने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । उनले भने, ‘हिउँदमै विमानस्थल सञ्चालन हुनुपर्नेमा अहिलेसम्म कालोपत्रेको काम सम्पन्न नहुनु ठेकेदारको चरम लापरवाही हो ।’

     

    विमानस्थलमा हाल १५ जना कामदारहरुले काम गरिरहेको ठेकेदार कम्पनी रौता कन्ट्रक्सनले जनाएको छ । २०७५ सालको असार मसान्तभित्रमा काम सम्पन्न भएर उडान भर्नु पर्नेमा विमानस्थलका सुपरभाइजर दानबहादुर श्रेष्ठ नै विमानस्थल सञ्चालन हुनेमा यसै भन्ने स्थिती नरहेको बताउछन् । सुपरभाइजर श्रेष्ठकाअनुसार हाल विमानस्थलको ३५ प्रतिशत काम सम्पन्न भएको छ । कालोपत्रेसँगै नियमित उडानको प्रबन्ध भए त्यस क्षेत्रका सर्वसाधारणलाई राजधानी काठमाडौँलगायत तराईका जिल्लासम्म पुग्न सहजता मिल्नेछ । जिल्लाको दक्षिणीक्षेत्रमा पर्ने विमानस्थलमा २०५६ सालबाट उडान सुरु भएको थियो । कालोपत्रेको काम थालनी विमानस्थलमा गत चैत्र १३ गत्तेदेखि उडान बन्द छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology