• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङको हलेसीमा, मन्दिरको भेटीसहित चारवटा पसल चोरी

खोटाङको हलेसीमा, मन्दिरको भेटीसहित चारवटा पसल चोरी


चिसाङ शेर्पा
  • आइतबार, पौस ३० २०७४

  • चिसाङ शेर्पा पुस/३० खोटाङ,
    खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानमा मन्दिरको भेटीसहित ४ वटा पसलमा चोरी भएको छ । हलेसी बजारका पदम राई, चन्देश्वर चौधरी, हामस राई र कृष्ण कार्कीको पसलबाट चोरी भएको हो । ७५ हजार बढीको चोरी भएको अनुमान गरिएको छ ।

     

    शनिबार राती भएको चोरीमा पदमको १५ हजार नगद, १८ हजार बराबरको रिचार्ज कार्ड, चन्देश्वको नगद ५ हजार, हामसको ३० हजार बराबरको ३ थान मोबाईलसेट र कृष्णको नगद ४ हजार चोरी भएको हो । त्यसैगरी हलेसी महादेव मन्दिरको तीनदिन अगाडीबाट जम्मा गरिएको भेटी चोरी भएको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताउनुभयो ।

     

    शनिवार राती अन्दाजी १२:३० बजेको समयमा चोरी भएको हुनसक्ने पिडीतहरुको भनाई छ । चोरीको आशंकामा प्रहरीले २ व्यक्तिलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी नायव निरीक्षक नारायण प्रसाद कोइरालाले बताउनुभयो । प्रनानि कोईरालाका अनुसार समुहमा चोरी भएको छ यसको नियन्त्रणका लागि प्रहरी परीचालन गरीसकिएको उहाँको भनाई छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology