• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा तीन महिलाको हत्यामा संलग्न दोषीको पहिचान हुन सकेन

खोटाङमा तीन महिलाको हत्यामा संलग्न दोषीको पहिचान हुन सकेन


समायोजन खबर
  • बिहिबार, पौस २७ २०७४

  • समायोजन खबर पुस २७ खोटाङ,
    खोटाङमा लामो समय बित्दा समेत तीन महिलाको हत्यामा संलग्न दोषीको पत्ता लाग्न सकेको छैन । २०७३ साल माघ २६ गते बुधबार विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ, २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका-६ दिप्लुङकी ३७ वर्षीय देवी बिकको हत्यामा संलग्न दोषी अहिलेसम्म पत्ता लाग्न नसकेको हो । दोषीको पहिचानका लागि अनुसन्धान जारी रहेको भए पनि दोषी पत्ता नलाग्दा प्रहरी अनुसन्धानमाथि नै प्रश्न उठेको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बताउनुभयो ।

    लामो समयसम्म दोषी पहिचान नहुँदा तीन महिलाको हत्या रहस्यमय बनेको छ । जघन्य घट्नामा संलग्न अपराधीको पहिचान नहुँदा सर्वसाधारणमा त्रास फैलिएको छ । हत्याको विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो ।

     

    सिम्पानी बजारका होटल होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रिताको शव कुसेऔंशी जंगलको बाटोभन्दा करिब ४० मिटर तल भीरमा भेटिएको थियो । घट्नास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।

     

    यस्तै, स्याउला काटेर घर फर्कनेक्रममा ज्ञानीमायाँको ईलाका प्रहरी कार्यालय महादेबस्थानभन्दा करिव पैदल पाँच मिनेटको दुरीमा हत्या भएको थियो । माईती घर जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयबाट घर फर्कनेक्रममा सम्पर्क विहिन बनेको दोश्रो दिन फेला परेकी देबीको शव सडकभन्दा करिब पाँच सय मिटर तल कम्मरमुनिको कपडा खोलिएको, टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएकाले घट्नालाई शंकास्पद मानिएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology