• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा यौन दुव्र्यबहार आरोपमा दुई पक्राउ, अनुसन्धान शुरु

खोटाङमा यौन दुव्र्यबहार आरोपमा दुई पक्राउ, अनुसन्धान शुरु


चिसाङ शेर्पा
  • शनिबार, पौस २२ २०७४

  • सांकेतिक तस्विर ।

    चिसाङ शेर्पा पुस/२२ खोटाङ,

    खोटाङमा युवतीलाई यौन दुव्र्यबहार गरेको आरोपमा दुई युवा पक्राउ परेका छन् । यौन दुव्र्यबहार आरोपमा जन्तेढुंगा गाउँपालिका–२ बोपुङका नेपालतारा राई र ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका खेमराज वन पक्राउ परेका हुन् ।

     

    राईमाथि शुक्रबार युवतीमाथि जवरजस्ती गरेको अभियोग लागेको छ । युवतीको मौखिक उजुरीका आधारमा शुक्रबार नै पक्राउ परेका आरोपितलाई जिल्ला प्रहरी कार्यालय दिक्तेल ल्याइदैगरेको खोटाङका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले बताए । ‘सहमतीमै सम्पर्क भएको भन्ने आएको छ,’ प्रनाउ थापाले भने, ‘यस बारेमा थप अनुसन्धान भइरहेको छ ।’ सुरुमा बलात्कार आरोप लगाएका युवतीले पछिल्लो समय बयान फेरेको प्रहरीले बताएको छ । युवतीको आफन्तले आपत्तीजनक अवस्थामा देखेपछि घट्ना बाहिरिएको श्रोतले बताएको छ ।

     

    यस्तै, २९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा वन पक्राउ परेका हुन् । पुस १७ गते राती कोठामा सुतिरहेकी युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा वनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका वनलाई आईतबार सदरमुकाम जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान थालिएको छ । वनले बलात्कार प्रयास गरेपछि पीडित युवतीले पुस १८ गते इलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा उजुरी दिएकी थिइन् ।

     

    वन पक्राउ परेपछि पीडित पक्षसमेत सदरमुकाम दिक्तेल आइसकेका छन् । उनीहरुले दिएको उजुरीको आधारमा मुद्दा दर्ता गरेर कारबाही थालिने डिएसपी थापाले बताए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology