• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आगलागी पिडितका लागि प्रधानमन्त्री समक्ष सहयोगको अपिल

आगलागी पिडितका लागि प्रधानमन्त्री समक्ष सहयोगको अपिल


चिसाङ शेर्पा
  • शनिबार, पौस २२ २०७४

  • चिसाङ शेर्पा पुस/२२ खोटाङ,

    हलेसीमा आगलागी पिडितका लागि प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष सहयोगको अनुरोध गरिएको छ । गत मंगलबार साँझ आगलागीबाट घर तथा अन्नपात ध्वस्त भएका हलेसी तुवाचुङ नगरपालिका महादेबस्थान ७ का मगम राई, उचित बहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको घरमा होलसेल पसल गर्ने उदयपुर कटारीका व्यवसायी जगदीस दास लगायतका पिडितको सहयोगका लागि अपिल गरिएको हो ।

     

    अग्नि पिडित परिवारलाई नगरपालिका, विभिन्न संघसंस्था र प्रवासबाट राहत उपलब्ध भईरहेको अवगत गराउँदै राज्यको तर्फबाट थप सहयोगको लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगेर शनिवार प्रधानमन्त्री देउवा समक्ष सहयोगको अनुरोध गरिएको हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख बिमला राईले बताउनुभयो । नगरपालिकाको सहयोग निबेदन लिदै प्रधानमन्त्री देउवाले पिडितका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको कांग्रेस क्षेत्र नम्बर दुईका महासमिति सदस्य रबि प्रकाश राईले जानकारी दिनुभयो ।

     

    संक्रमणकालिन अवस्थामा रहनुभएका प्रधानमन्त्री देउवाले सहयोगको आश्वसन दिलाए पनि त्यसलाई जिल्लाका नेताहरुले फ्लोअप गरेमा निश्चयरुपमा पिडितहरुले सहयोग पाउने नगरपालिका उपप्रमुख राईले बताईन् । गत पुस १८ गते मगमको घरबाट शुरु भएको आगोले ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology