चिसाङ शेर्पा पुस/२१ खोटाङ,
खोटाङमा सवारी साधन गुडाउँन मापदण्ड सहितको सडक हुंदा पनि यातायात व्यवसायीको बेवास्ताका कारण गाडी नचल्दा सडक बेकामे बनेको छ । ¥यापले खनेको दिक्तेल–खोटाङबजार ७४ किलोमिटर सडक बेकाम भएको छ । त्यसभेगका स्थानियलाई आवातजावत गर्नमा चरम समस्या भएको छ । हिउँदमा महिनामा ६ महिना गाडी चलाउन सकिने भए पनि यातायात व्यवसायीले उक्त सडकमा गाडी लगाउन नमानेपछि सडक भएर पनि स्थानियहरु सदरमुकाम आउन दुईदिन हिडेर आउनुपर्ने बाध्यता हटेको छैन ।
यातायात व्यवसायीसँग उक्त रुटमा गाडी लगाईदिन अनुरोध गरे तर, उनीहरुले ठूला सवारी साधनका लागि घुम्तीहरुमा ट्रनिङ नपुग्ने भन्दै बनाईदिन भनेपछि गाउँपालिको लगानीमा ३ लाख खर्चेर सडक र घुम्ती फराकिलो बनाईदिए अहिले व्यवसायीहरु आनाकानी गर्दै बसहरु लगाउन नमानेका दिपु्रङ गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताउनुभयो । “उक्त रुटमा साना तथा ठूला सवारी साधान चल्ने भनेर पालिकाले ६५ बर्षमाथी उमेरका यात्रुहरुलाई निशुल्क भाडादर तोकेको थियो, व्यवसायीले बस नलगाउँदा उक्त रकम फ्रिज हुने संम्भावना बढेको पालिका प्रमुख राईले बताए ।”
खोटाङ यातायात व्यवसायीसंघका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ स्याण्डेले आफुहरु खोटाङबजार–दिक्तेलबजार दुईवटा गाडी गुडाउँन तयार रहेको बताउनुभयो । यद्यपी, रत्नपार्कस्थित अल्छेढुंगामा सडक मर्मत गरेर ढलान गर्ने कार्यले सडक बन्द भएको तथा वैकल्पिक सडक नभएकाले तत्काल बस चलाउन नसकिएको श्रेष्ठले बताएका छन् ।
बेलायती सरकारको सहयोगमा ग्रामीण पहँुच कार्यक्रम ¥यापले ११ वर्ष लगाएर २०६९ साल असारमा निर्माण सम्पन्न गरेको ७४ किलोमिटर लामो हरित सडक हालसम्म उपयोग बिहिन बनेको हो । ¥यापले ३६ करोड ३२ लाख ९९ हजार ३९१ रुपैयाँको लागतमा वाताबरणमैत्री प्रबिधि अपनाएर निर्माण गरेको सडक वल्ल तल्ल पाँच वर्षपछि गाडी गुड्ने अवस्थामा आएको भएपनि यातायात व्यवसायी संघको वेवास्थाका कारण त्यस क्षेत्रका सर्वसाधरणलाई गाडी हेर्ने र चड्ने सपनाबाट वन्चित बनाईएको छ । कच्ची सडक भएकाले जिल्लाका अधिकांश सडकहरु ६ महिना सञ्चलानमा आउने र ६ महिना बन्द हुने गरेको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology