चिसाङ शेर्पा पुस/१९ खोटाङ,
संघिय समाजवादी विधार्थी फोरम जिल्ला समिति खोटाङले पेट्रोलियम पदार्थको मुल्यबृद्धिको घोर भत्र्सना गरेको छ । मुल्यबृद्धिले सर्बसाधरण जनता, मजदुर, किसान, विधार्थीहरुको दैनिक जनजिवनमा ठूलो असर पर्ने भन्दै बिरोध गरेको हो ।
शैक्षिक क्षेत्रमा देखिएको बिकृती, विसङगती र आम सर्वसाधरणको पक्षमा चरणबद्ध आन्दोलन गर्दै आएको समितिले मुल्यबृद्धि तत्काल फिर्ता लिन नेपाल आयल निगम, आपूर्ति मन्त्रालय र नेपाल सरकारलाई प्रेस बिज्ञप्तीमार्फत जोडदार माग गरेको छ । मागको सुनुवाई नभएमा कडा आन्दोलनमा उत्रिने संघिय समाजवादी विधार्थी फोरम नेपाल खोटाङका जिल्ला उपाध्यक्ष रविन्द्र राई र जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्य रविन खम्बुद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।
नेपाल आयल निगमले मंगलबारदेखी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक/एक रुपैयाँ मूल्यवृद्धि गरेको थियो । खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ बढाएको थियो । नयाँ मूल्यअनुसार पेट्रोल प्रति लिटर १०२, डिजेल र मट्टितेल प्रति लिटर ७९, खाना पकाउने ग्यास प्रति सिलिण्डर रु एक हजार ३ सय ७५ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर ९० कायम गरिएको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology