• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ हलेसीको आगलागी नियन्त्रणमा, वातावरण सामान्य बन्दै

खोटाङ हलेसीको आगलागी नियन्त्रणमा, वातावरण सामान्य बन्दै


चिसाङ शेर्पा
  • मंगलबार, पौस १८ २०७४

  • चिसाङ शेर्पा पुस/१८ खोटाङ,

    खोटाङको हलेसी तुवाचुङ नगरपालिका हलेसी बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ । पुर्बको पशुपतिनाथले प्रसिद्ध धार्मिक तथा पर्यटकियस्थल हलेसी महादेवस्थान ७ का व्यवसायी मगम राईको घरबाट मंगलबार राती साँढे ७ बजेपछि सुरु भएको आगोले उचितबहादुर राई, प्रकाशचन्द्र गिरी, तम्बराज राई, लगायत ५ घर जलेर नष्ट भइसकेपछि ४ घण्टामा आगलागी नियन्त्रणमा आएको छ ।

     

    खाना पकाउने ग्याँस पड्कीएर शुरु भएको आगोले जलेका बाहेक अन्य आसपासका घरलाई स्काईभेटरद्धारा एकाएक घर भत्काईएपछि आगो नियन्त्रणमा आएको खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी बताउनुभयो । सामान्य रुपमा भएका आगोलाई नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी र स्थानियले नियन्त्रण गरिरहेका छन् । स्थिती खतरामुक्त भएको छ । त्यहाँ रेडक्रस, स्वास्थ्यको टोली खटाईएको छ ।

     

    आगलागीबाट मानविय क्षति भने भएको छैन । धनजनको ठुलो क्षति भए पनि यक्किन तथ्याङक निकाल्न समय लाग्ने प्रहरीले बताएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेधीका अनुसार बुधबार विहान जिल्ला प्रशासन, रेडक्रस, स्वास्थ्य, गैसस महासंघ, सबलको आपतकालिन बैठक बस्ने बताउनुभयो । बैठकले क्षतिका प्रकृती अनुसार क्षतिपुर्तीको निर्णय निकालिने सहायक प्रजिअ सुबेदीले बताए ।

     

    आगलागी स्थलमा जिल्लाबाट प्रहरी नायव निरिक्षक चन्द्र भुषण यादब जनपथ प्रहरी, शसस्त्र प्रहरीको थप टोलीसहित राती ९ :३० बजे हलेसी हिडेका छन् । रुपाकोट मझुवागढी नगरपालिकाको दमकल हलेसी पुगेको छ । भने, ओखलढुंगाबाट जिल्ला आएको दमकललाई फर्काएको छ ।

     

    यस्तै, शेरगण मुढे ब्यारेकबाट ३५ जना नेपाली सेना घट्नास्थलमा पुगेका छन् । प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीेका अनुसार मानविय दुर्घट्ना, घाईतेका लागि राजधानीमा हेलिकोप्टर तयारी राखिएको छ । आगलागी नियन्त्रणका लागि प्रविधि नहुंदा आगोलाई ढिलो नियन्त्रणमा लिन सकिएको प्रजिअ अधिकारीले बताए । अपडेट १० : ३५ राती

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology