सुजन श्रेष्ठ पुस/१६ दुबाई,
भ¥र्याङ नाट्यमन्च नेपाल नामक संस्था औपचारिक रुपमा एक भएको छ । रङगमञ्चमा रहेर बिगत केहि बर्षयता सामाजिक, सांस्कृतिक क्षेत्रमा नाटकको माध्यमबाट जनचेतना फैलाउदै आएको नाट्यमञ्च मर्ज भएको हो ।
ललितपुर, काठमाडौ र काभ्रेमा संस्था गठन गरी आ–आफ्नो कायक्षेत्रमा कृयाशिल नाट्य समिती शनिबार बरिष्ट नाट्यकर्मी बिरेन्द्र हमालको उपस्थितीमा राष्ट्रिय नाचघर काडमाण्डौमा २५ सदस्य समिति निर्माण गरेर एकै भएको हो ।
खोटाङका कवि राई अध्यक्ष रहेको समितिको उपाध्यक्षमा अन्किता राई खोटाङ, सचीव आरबि शर्मा ललितपुर, सहसचिव प्रेम सागर खत्री गुल्मी र कोषाध्यक्षमा खोटाङकै निता राई रहेका छन् ।
कार्यक्रममा नाट्यमञ्चका अध्यक्ष राईले भ¥र्याङ नाट्य मञ्चलाई यहाँसम्म ल्याउन योगदान गर्ने सबैलाई धन्यवाद दिएका छन् । राईले आगामी दिनमा मजबुत भएर टोली लाग्ने बताएका छन् । समितिमा खोटाङ, उदयपुर, धनकुटा, दाङ, गुल्मी, ललितपुर र काठमाण्डौका ब्यक्तिहरु रहेका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology