• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा ११ स्वास्थ्यचौकी नगरपालिकालाई हस्तान्तरण

खोटाङमा ११ स्वास्थ्यचौकी नगरपालिकालाई हस्तान्तरण


समायोजन खबर
  • आइतबार, पौस १६ २०७४

  • समायोजन खबर पुस/१६ खोटाङ,

    खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाभित्र रहेका १२ स्वास्थ्य चौकी र दुई वटा शहरी स्वास्थ्य केन्द्र नगरपालिकालाई दिइएको तीन दिनपछी हलेसी तुवाचुङ नगरपालिकामा रहेका ११ स्वास्थ्यचौकी र एक वटा शहरी स्वास्थ्य केन्द्र नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

     

    स्थानीय स्वास्थ्य संस्था सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय अनुशार हलेसी तुवाचुङ नगरपालिकाका बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार, बडहरे, दुर्छिम, मंगलटार, सल्ले, महादेबस्थान, धितुङ, राजापानी, अर्खौले स्वास्थ्यचौकी र शहरी स्वास्थ्य केन्द्र हैदे दुर्छिमलाई नगरपालिकाको मातहतमा ल्याइएको हो ।

     

    जिल्ला अस्पतालका प्रमुख डा. रामबहादुर केसीले नगरपालिकाका मेयर इवन राई र निमित्त कार्यकारी अधिकृत अनिल किरातीलाई स्वास्थ्य संस्था हस्तान्तरणको प्रमाणपत्र प्रदान गर्नु भएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology