• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

‘खोटाङ आईडल’ दोश्रो अडिसन पुस अन्तिमबाट हुन्छ, कार्यक्रम संयोजक-राई

‘खोटाङ आईडल’ दोश्रो अडिसन पुस अन्तिमबाट हुन्छ, कार्यक्रम संयोजक-राई


चिसाङ शेर्पा
  • आइतबार, पौस १६ २०७४

  • चिसाङ शेर्पा पौष/१६ खोटाङ,

    खोटाङमा जिल्लाब्यापी रुपमा सञ्चालन भईरहेको सांगितिक रियालिटी शो ‘खोटाङ आईडल’ अहिले बहुत चर्चामा रहेको छ । जिल्लामा रहेका कला र गलालाई बिश्वसामु पु¥र्याउन कुनाकन्दरामा लुकेर रहेका प्रतिभाको खोजि निरन्तर भईरहेको छ ।

     

    दुई नगरपालिका, आठ गाउँपालिका रहेको खोटाङमा पहिलो चरणको लागि ११ स्थानमा अडिसन राखिएको थियो । हालसम्म दशांै स्थानमा पहिलो चरणको अडिसन सकिंएको छ । सोमवार दिक्तेलमा पहिलो चरणको अन्तिम अडिसन हुंदैछ ।

     

    परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका र गाउँपालिकामा भएको सहआयोजकको सहकार्यमा भईरहेको खोटाङ आईडलले कला र गलालाई एकसाथ बाहिर ल्याउने प्रयत्न गर्दैछ । हालसम्म दशौं स्थानबाट सांगितिक रियालिटी शोमा १ सय २३ जना छनौटमा परेका छन् । गत मंसिर २३ गते साकेला गाउँपालिकाको रतन्छाबाट शुरु खोटाङ आईडलको सम्बन्धमा कार्यक्रम संयोजक जिबन कुमार राईलाई सोधिएको प्रश्नको संपादित अंश ।

    खोटाङ आईडल गराउने योजना कहाँबाट आयो ?

    म आफै संगित क्षेत्रमा रुचि भएको मान्छे हुं, पुर्वाञ्चल आईडलको टप २०, नेपाल आईडलको पहिलो राउण्ड र ईटहरीस्थित नमस्ते एफएफले आयोजना गरेको नमस्ते आईडलको टप पाँचवाट बाहिरीएको थिए । यस्तै, हाम्रा कार्यक्रम ब्यवस्थापक तथा पुर्वाञ्चल आईडल टप थ्री दिपेश पायल राई सांगितकक्षेत्रका ब्यक्ति हुनुहुन्छ । समग्रमा हामी संगित क्षेत्रमा भएकाले टिमनै लागेर खोटाङ आईडलको योजना गरेका हौ । मुलत : सिक्ने सिकाउने उद्देश्यले गरेका हौ ।

    कती रकमको आयोजनामा खोटाङ आईडल गर्दै हुनुहुन्छ । अनि आय स्रोत के हो ?

    कार्यक्रमको रुपरेखा अनुसार अनुमानित १४ लाखको हो । आयस्रोत भनेको प्राय बाहिरी मुलुकमा रहेका संगितप्रेमीहरुबाट नै हो । अहिलेसम्म हामीलाई सहयोग गर्नेमा धेरै प्रवास र कार्यक्रमका लागि वितरित फर्म शुल्क, सहयोग रसिद रहेको छ । थप सहयोगको लागि गाउँपालिका, नगरपालिका, निर्माण व्यावसायी संघ, खोटाङ उधोग बाणिज्यसंघलाई प्रस्ताव पेश गरेका छौ । भावि दिनमा भोटिङ सिष्टम पनि हो ।

    हालसम्म दश स्थानमा पहिलो अडिसन सकिएको छ । कस्तो रह्यो १ सय २३ जना प्रतिभा छनौट गर्दाको यात्रा ?

    कार्यक्रम स्थलसम्म पुग्न सकस त भयो नै त्यसमा पनि हाम्रो एकजना निर्णयक भक्त बिक दृष्टिविहिन हुनुहुन्छ । जो संगीतकार, गायक तथा पुर्वेली सरगम संगीत विद्धालयका सदस्य हुनुहुन्छ । तर, पनि गाउँपालिका र नगरपालिकामा रहेको सहआयोजकको व्यवस्थापन सौहार्दपुर्ण थियो । अहिलेसम्मको अडिसनले बालकदेखी बयष्कसम्मलाई स्थान दिएको छ ।

    दोश्रो अडिसन कहिले हुन्छ ?

    सोमबार दिक्तेलमा पहिलो चरणको अडिसन सकिदैछ । पुसको अन्तिमबाट दोश्रो अडिसन शुरु हुन्छ । त्यसका लागि आयोजकसँग सम्पर्क गर्न अनुरोध गर्छु ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology