• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

स्वास्थ्य क्षेत्रमा कलम चलाए बापत खोटाङमा दुई पत्रकार सम्मानित

स्वास्थ्य क्षेत्रमा कलम चलाए बापत खोटाङमा दुई पत्रकार सम्मानित


समायोजन खबर
  • शुक्रबार, पौस १४ २०७४

  • समायोजन खबर पौष/१४ खोटाङ,

    पत्रकारिताको माध्यमबाट पूर्ण खोप सुनिश्चितताका लागि योगदान पु¥याएकामा खोटाङमा दुई पत्रकार सम्मानित भएका छन् । जिल्लालाई पूर्णखोप सुनिश्चित गर्ने लगायतका स्वास्थ्यका क्षेत्रमा भएका अभियान र कार्यप्रगतीका विषयमा सकरात्मक ढंगले कलम चलाएको भन्दै नागरिक दैनिकका जिल्ला संवाददाता दमन राई र नयाँपत्रिका दैनिकका संवादददाता केदार मगरलाई जिल्ला अस्पताल, खोप समन्वय समितिले सम्मान गरेको हो ।

     

    पत्रकारद्धयलाई शुक्रबार दिक्तेलमा आयोजना गरिएको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रमको अवशरमा सम्मान गरिएको हो । कार्यक्रममा एमालेका जिल्ला उप–सचिव कुमार आचार्य र कांग्रेसका नेता दुर्गाप्रसाद घिमिरेले पत्रकारद्धयलाई प्रशंसा–पत्र प्रदान गरेका छन् । पत्रकारिताको माध्यमबाट नागरिकको स्वास्थ्यका बिषयमा सचेतना फैलाउन योगदान पु¥याएकोमा जिल्ला जनस्वास्थ्य कार्यालयले पुर्वघोषित कार्यक्रम अनुशार पत्रकारद्धयलाई सम्मान प्रदान गरेको हो ।

     

    १२ महिनादेखि २३ महिना पुगेका सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि खोटाङलाई प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेका छन् । १२ महिनासम्मका ४ हजार १२० जना र १२ महिनादेखि २३ महिनाको ४ हजार १८६ बालबच्चाले सबै किसिमका खोपको मात्रा पूरा गरेको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रामबहादुर केसीले बताए । २०७१ साल चैत्र १८ गते तत्कालिन गाबिस डाँडागाउँबाट सुरु गरिएको पूर्ण खोप सुनिश्चितता अभियान गत असार २६ गते रुपाकोट मझुवागढी नगरपालिकाका ५ वडालाई पूर्ण खोप सुनिश्चितता घोषणासँगै टुंगिएको थियो ।

     

    पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा कार्यक्रमकैबीचमा १५ वटा वडा रहेको रुपाकोट मझुवागढी नगरपालिकाका १२ स्वास्थ्यचौकी र दुई वटा शहरी स्वास्थ्य केन्द्र नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology