चिसाङ शेर्पा पुस/१४ खोटाङ,
खोटाङलाई पुर्ण खोप शुनिश्चितता जिल्ला घोषणा गरीएको छ । जिल्लाका सम्पुर्ण वडा, गाउँपालिका र नगरपालिमा १२ महिनादेखि २३ महिना पुगेका सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले शुक्रबार खोटाङलाई पुर्ण खोेप सुनिश्चितता जिल्लाको रुपमा घोषणा गरेका हुन् ।
खोटाङलाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने उद्देश्यले २०७१ चैत्र १८ गते दिप्रुङ गाउँपालिकाको डाडाँगाउ ओख्रे गाविसबाट शुरु भएको अभियानले २०७४ असार २६ गते रुपाकोट मझुवागढी नगरपालिकाको १ देखी ५ सम्मका वडालाई पुर्ण खोप सुनिश्चित गरेसंगै जिल्ला पुर्ण खोपयुक्त जिल्ला भएको छ ।
१२ महिनासम्मका ४ हजार १ सय २० जना र १२ महिनादेखि २३ महिनाको ४ हजार १ सय ८६ बालबच्चाले सबै किसिमका खोपको मात्रा पूरा गरेको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रामबहादुर केसीले बताए । यो संगै खोटाङ जिल्ला नेपालको ३१ औं पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ ।
पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा कार्यक्रमकैबीचमा १५ वटा वडा रहेको रुपाकोट मझुवागढी नगरपालिकाका १२ स्वास्थ्यचौकी र दुई वटा शहरी स्व ास्थ्य केन्द्र नगरपालिकालाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य चौकी बाम्राङ, खाल्ले, लफ्याङ, नेर्पा, चिउरीडाडाँ, निर्मलीडाडाँ, पाथेका, खार्मी, जालपा, नुनथला, बुईपा, बिजयखर्क तथा शहरी स्वास्थ्य केन्द्र खानीडाडाँ र शहरी स्वास्थ्य केन्द्र सोल्मा रहेका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology