चिसाङ शेर्पा पौष/१२ खोटाङ,
जिल्लाको हकमा ठूलो धनराशी भएको सांगितिक रियालिटी शो खोटाङ आईडलको हलेसी अडिसनबाट १५ जना छनौटमा परेका छन् । आयोजक परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका र सहआयोजक जनज्योती क्लबसँगको सहकार्यमा भएको सांगितिक रियालिटी शो अन्तरगत हलेसी तुवाचुङ नगरपालिकाबाट ३१ जनाले सहभागिता जनाएका थिए ।
बुधबार सम्पन्न पहिलो चरणको नबौैं अडिसनबाट आशिष राई, बिनोद राई, तिसन राई, हिमान्सु राई, मोहन राई, चिना राई, शुष्मा राई, प्रशान्त राई, युगन्त राई, बलराज मगर, गौरव आले, शम्भु राई, ध्रुब राई, के हरीप्रकाश बराईली र एलमबी राई रहेका छन् । पहिलो चरणको अडिसन सकिन अब, रुपाकोट मझुवागढी नगरपालिकाको दुई स्थान बाँकी रहेको छ ।
आयोजकका अनुसार, पुस १४ गते रुपाकोट मझुवागढी नगरपालिका बुईपाको पञ्चेदोबाटो र १७ गते नगरपालिकाको दिक्तेलमा पहिलो चरणको अडिसन सकिने कार्यक्रम संयोजक जिबन कुमार राईले बताए । खोटाङ आईडलमा सहभागिताका लागि ५५५ नगदका साथमा एकप्रती फोटोसहित फर्म भर्नुपर्नेछ ।
रियालिटी शोका वजेता मध्ये प्रथमले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्राले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्टले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology