चिसाङ शेर्पा पुस/१२ खोटाङ,
खोटाङका सञ्चारकर्मी तथा युवा गायक सचिन राईको म्यूजिक भिडियो ‘तिमीलाई देखेपछि प्यार बढ्यो सानु’ बजारमा आएको छ ।
गायक राईले सन्तकुमार राईको गीत र अशोक राईको संगीत समेटिएको म्यूजिक भिडियो बजारमा ल्याएका हुन् । वर्तमान युवा पुस्तालाई लक्ष्यीत गर्दै ल्याइएको म्यूजिक भिडियोमा रोजिना राई, हरिचन्द्र राई लगायतले अभिनय गरेका छन् । हेरुका लामाको कोरियोग्राफीमा बनेको म्यूजिक भिडियोमा खगेन्द्र पन्धाक लिम्बूको निर्देशन रहेको छ । म्यूजिक भिडियो रेम्बो रेज मिडियाले निर्माण गरेको हो ।
युट्युब मार्फत सार्बजनिक गरिएको म्यूजिक भिडियोलाई हालसम्म करिब १५ हजारले हेरेका छन् । यो समाचार तयार पार्दासम्म भ्युअर संख्या १४ हजार ७ सय ७१ पुगीसकेको छ ।
२०६९ सालमा आयोजित खोटाङ सुगमस्टारको उपाधि विजेता बनेपछि २०७१ सालमा एल्बम सुगमस्टार बजारमा ल्याइसकेका गायक सचिन २०७० सालमा आयोजित नेपाल आइडलका फस्टरनरअपको उपाधि बिजेता हुन् । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका गायक राई रुपाकोट रेडियो खोटाङका सञ्चारकर्मी पनि हुन् । केही वर्ष यता राजधानीमा बसेर सांगीतिक क्षेत्रमा क्रियासिल राईले राईले २५/३० वटा कलेक्सन गीतमा स्वर दिइसकेका छन् ।
भिडियो
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology