चिसाङ शेर्पा पुस/११ खोटाङ,
खोटाङमा बुधबारबाट बस तथा जिपहरुले आ–आफ्नो स्थानमा पार्किङ नगरेमा प्रति गाडीले ५ हजार जरिवाना तिर्नुपर्ने भएको छ । रुपाकोट मझुवागढी नगरपालिकाले गएको पुस ५ गतेबाट शुरु गरेको नगरसफाई अभियानको अन्तिम दिन मंगलबार कार्य समिक्षा गर्दैे यस्तो निर्णय गरेको हो ।
जिल्लामा सञ्चालित सवारीसाधनलाई पटकपटक बसपार्क र जिपपार्कमा पार्किङ गर्न अनुरोध गरे पनि यातायात व्यवसायीका लापारबाहीका कारण बस तथा जिपहरु अझै बसपार्क र जिपपार्कमा लान नसकिएकाले भोलीबाट लागु हुने गरी यातायात व्यवसायी, नगरवासी र नगरपालिकाको भेलाले जरिवाना लिने निर्णय गरेको रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दिपनारायण रिजालले बताउनुभयो ।
जिप हाँटडाडामा रहेको जिपपार्क र बस तथा ट्रक आचार्यटोल र सोल्मा डाडाँगाउँमा रहेको बसपार्कमा पार्किङ गर्नुपर्ने छ । सरसफाई सप्ताहको समिक्षाबाट पारित निर्णको वेवास्ता गरी अन्यत्र पार्किङ गरेमा सवारीसाधन जिल्ला प्रहरी कार्यालयमा राखिने समिक्षा भेलाले निर्णय गरेको छ ।
यस्तै, बुधबारदेखी नै दिक्तेलबजारमा बिहान ९ बजेदेखी साँढे दशबजेसम्म र साँझ ३ बजेदेखी साँढे चार बजेसम्म मोटरबाईक बाहेक कुनै पनि सवारी साधन गुडाउँन निषेध गरिएको नगरपालिका प्रमुख रिजालले बताए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology