• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जाडोयाममा यसरी सुरक्षित हुनुहोस

जाडोयाममा यसरी सुरक्षित हुनुहोस

स्वास्थ्य टिप्स


चिसाङ शेर्पा
  • सोमबार, पौस १० २०७४

  • चिसाङ शेर्पा पुस/१० खोटाङ,

    जाडो महिना शुरुवातसंगै मानब स्वास्थ्यमा विभिन्न रोगहरुले संक्रमण गर्ने संम्भावना अत्याधिक मात्रामा हुने चिकित्सकको भनाई रहेको छ । गर्मीयाममा भन्दा जाडोको सिजनमा सानातिना रोगहरुले चाँडै समात्ने उनीहरुको भनाई छ ।

     

    जिल्ला अपस्ताल खोटाङका प्रमुख डाक्टर राम बहादुर केसीका अनुसार “जाडो महिनामा बालबालिका, गर्भवती र बृद्धबृद्धाले बढी मात्रामा सावधानी अपनाउनुपर्ने हुन्छ । रुघाखोकी, दम र सिजनल फ्लुजस्ता रोगहरुले उनीहरुलाई बढी सताउँने गर्दछ ।”

     

    स्वास्थ्यको हिसाबले बालबालिका, गर्भवती र बृद्धबृद्धालाई पहिलो प्राथमिकतामा हेरिए पनि जाडोयाममा सबैले धेरै मात्रामा चिसोबाट बच्नुपर्ने हुन्छ । चिसोले मुख्यतः ओठ, कुर्कुचा, छाला फुट्ने गर्दछ । साधारण रोग लागे पनि निको हुन लामो समय लाग्ने डा : केसीले बताए ।

     

    जाडोबाट बच्नका लागि न्यानो कपडाहरु, टोपी, सुईटर, ट्राउजर, मोजा लगाउने गरेमा टाउको तथा खुट्टाको पैतालाबाट चिसोले आक्रमण गर्दैन । चिसो समयमा बाहिर धेरै हिंडडुल कम गर्ने, तातो झोलिलो पदार्थ धेरै पिउने गरेमा चिसोबाट टाढा रहन सकिने डा : केसीको भनाई छ ।

     

    चिसोका कारण मानिसले सरसफाईमा कम मात्रामा ध्यान दिने भएकाले शरीरमा विभिन्न किसिमका फोका, बिबिरा आउने गर्छन् । तातोपानीले शरीर सफाई र ओढ्ने, ओछ्याउने कपडालाई हप्ता दिन अन्तरमा सफागरी घाममा सुकाएर पुनः प्रयोग गरेमा त्यस्ता समस्याबाट छुटकारा मिल्ने चिकित्सकहरुको भनाई छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology