• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ आईडल–लामिडाडाँ गाउँपालिकाबाट ७ जना छानिए

खोटाङ आईडल–लामिडाडाँ गाउँपालिकाबाट ७ जना छानिए

पहिलो चरण अडिसन सकिन अब तीन स्थान बाँकी


चिसाङ शेर्पा
  • सोमबार, पौस १० २०७४

  • चिसाङ शेर्पा पौष/१० खोटाङ,

    जिल्लाको हकमा ठूलो धनराशी भएको सांगितिक रियालिटी शो खोटाङ आईडलको खार्पा अडिसनबाट ७ जना छनौटमा परेका छन् । आयोजक परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका र गाउँपालिकामा भएका सहआयोजकसँगको सहकार्यमा भइरहेको सांगितिक रियालिटी शो अन्तरगत लामिडाडँ गाउँपालिकाबाट ११ जनाले सहभागिता जनाएका थिए ।

     

    सोमबार सम्पन्न पहिलो चरणको आठौं अडिसनबाट सुगम राई, सन्जिप राई, बिक्रम राई, अरुणा ठटाल, सबिन सुन्दास, भरत मगर र ईशारा चेली रहेका छन् । पहिलो चरणको अडिसन सकिन अब तीन स्थान बाँकी रहेको छ ।

     

    आयोजकका अनुसार, पुस १२ गते हलेसी तुवाचुङ नगरपालिका हलेसी, १४ गते रुपाकोट मझुवागढी नगरपालिका बुईपाको पञ्चेदोबाटो र १७ गते नगरपालिकाको दिक्तेलमा पहिलो चरणको अडिसन गरि सकिने कार्यक्रम संयोजक जिबन कुमार राईले बताए । खोटाङ आईडलमा सहभागिताका लागि ५५५ नगदका साथमा एकप्रती फोटोसहित फर्म भर्नुपर्नेछ ।

     

    रियालिटी शोका वजेता मध्ये प्रथमले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्राले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकल एकजनाले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology