समायोजन खबर पुस/९ खोटाङ,
एक करोड ८३ लाखको लागतमा निर्माण गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङको नयाँ भवन उदघाटन गरिएको छ । दिक्तेल बजारको रत्नपार्कमा रहेको तीन तले भवन आईतबार महालेखा नियन्त्रक रामकुमार आचार्यले उद्घाटन गर्नु भएको हो ।
लामो समयसम्म भाडाको कोठाबाट सञ्चालन हुँदैआएको कोलेनिकाका लागि स्थानीय समाजसेबी चन्द्रबहादुर कार्कीले ३२ लाख बराबरको १० आना जग्गा निशुल्क दिएपछि कोलेनिकाको आफ्नै सुबिधा सम्पन्न भवन निर्माण गरिएको हो । ठेकेदार कम्पनी श्रीजयन्ती/एडी/जगदम्बा जेभी बौद्ध–६ काठमाडौंले तीन वर्ष लगाएर निर्माण गरेको नयाँ भवन गत जेठ १ गते हस्तान्तरण गरेको कोष नियन्त्रक लालबहादुर केसीले बताउनुभयो ।
१ करोड ८३ लाख २३ हजारमा पूरा गर्नेगरी ठेकेदार कम्पनीले २०७२ मंसिर १२ गतेसम्ममा सम्पन्न गर्नेगरी भवन निर्माणका लागि २०७१ भदौ १३ गते सम्झौता गरेको थियो । भवन उदघाटन कार्यक्रममा कोलेनिकाका लागि निशुल्क जग्गा दिने जग्गादाता चन्द्रबहादुर कार्कीलाई सम्मान गरिएको छ । मालपोत कार्यालयमा नासु पदमा कार्यरत जग्गादाता कार्कीलाई महालेखा परिक्षक आचार्य, उपमहादेखा परिक्षक सुर्यमणी गौतम, उपमहादेखा परिक्षक भुवनप्रसाद काफ्ले र प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले दोसल्ला ओढाएर, फूलमाला र अबिर सहित सम्मान–पत्र प्रदान गरेका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology