• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

फोक्सिङटारमा बेलिबृज जडान, दिक्तेल र पुर्बी तराईसम्म सिधा यातायात सञ्चालन

फोक्सिङटारमा बेलिबृज जडान, दिक्तेल र पुर्बी तराईसम्म सिधा यातायात सञ्चालन


समायोजन खबर
  • आइतबार, पौस ९ २०७४

  • समायोजन खबर पुस/९ खोटाङ,

    नदीमा पानीको बहाव घटेपछी खोटाङ सदरमुकाम दिक्तेलबाट उदयपुरको गाईघाट र पुर्बी शहर जोड्ने फोक्सिङटारमा अवस्थित सुनकोशी नदीमा बेलिबृज जडान कार्य सम्पन्न भएको छ । आर्थिक वर्ष २०५१/०५२ मा निर्माण सुरु गरिएको १ सय ३१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज जडान गरिएसँगै शनिबारदेखि जिल्लाबाट सिधै गाईघाट हुँदै धरान, बिराटनगर लगायतका शहर जाने सिधा बाटो खुलेको छ ।

     

    हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी १५ दिन अघिदेखिे बेलिबृज जडान कार्य शुरु गरिएकोे थियो । फोक्सिङटारमा ५० मिटर लम्बाई र ५ मिटर चौडाई भएको बेलिब्रिज जडान कार्य सकिएछि दिक्तेल गाईघाट सडकखण्डमा यातायातका साधन सञ्चालन शुरु भएको गाईघाट दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेका इन्जिनियर कमलप्रसाद यादवले बताए ।

     

    सुनकोशी नदीमा स्थायी पुल निर्माण कार्य सम्पन्न हुन नसक्दा दिक्तेल गाईघाट सडकखण्डमा वर्षायाममा यातायात सुचारु नहुने हुनाले वर्षमा सात महिना उक्त सडकखण्ड बन्द हुने गर्छ । हिउँदमा पाँच महिना सुनकोशी नदीमा बेलिबृजको जडानपछि मात्र यातायात सञ्चालन हुने हुनाले बेलिबृजको भरपर्दै आउनु परेको यातायात व्यवसायीहरु बताउँछन् ।

     

    सुनकोसी, दूधकोसी, तामाकोसी, लिखु र ईन्द्रावतिगरि पाँचवटा नदी मिसिएर बग्ने फोक्सिङटारमा अस्थायी बेलीब्रिज सञ्चालन भएपछि जिल्लाबाट यातायातका सवारी साधन छुटाउन थालिएको यातायात व्यवसायी संघ खोटाङका सचिव रामकुमार हिङ्माङले जानकारी दिए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology