• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा सबैभन्दा बढी महिला र बालिकाको अधिकार हनन् भएको खुलासा

खोटाङमा सबैभन्दा बढी महिला र बालिकाको अधिकार हनन् भएको खुलासा


चिसाङ शेर्पा
  • शुक्रबार, पौस ७ २०७४

  • चिसाङ शेर्पा पुस/७ खोटाङ,

    खोटाङमा महिला तथा बालिका अधिकार हनन् सम्बन्धी ४५ वटा घटना भएको पाईएको छ । नेपाल मानब अधिकार बर्ष पुस्तक सन् २०१८ का लागि ईन्सेकद्वारा संकलित घटनाहरुको बार्षिक पूर्ब समीक्षा गर्दा जिल्लामा महिलाअधिकार हनन्का ३३ र बाल अधिकार हनन्का १३ घटना भएको पाईएको हो ।

     

    शुक्रबार सदरमुकाम दिक्तेलस्थित सगरमाथा होटलमा ईन्सेक खोटाङले आयोजना गरेको कार्यक्रममा एक जनामा बलात्कार ,एक जनामा बलत्कार पछि बेचविखन, दुई बलात्कारको प्रयास, ८ बहुविवाह, १० घरेलु हिंसा तथा ११ वटा अन्य प्रकारले महिलामाथि दुब्र्यवहार भएको जनाईएको छ ।

     

    सन् २०१७ जनवरीदेखि डिसेम्वर १५ भरीका जिल्लामा सङ्कलन गरिएका मानवअधिकार र ज्यादतीका ६९ वटा घटनामध्ये बालअधिकार हनन्का १३ वटा घटना रहेका छन् । सो मध्ये १२ जना बालिका र एक शिशु पीडित बनेको ईन्सेकको तथ्याङकमा उल्लेख छ । बालअधिकार हनन्मा आठ बालिका बलत्कार तथा ४ बालिकामाथि यौनजन्य दुव्र्यवहार रहेका छन् । एक जना शिशु हत्याको घटना भएको समेत उल्लेख गरिएको छ ।

     

    घटनाहरुको प्रकाशन पूर्व सरोकारवाला निकायबीच गरिएको समीक्षा कार्यक्रममा जिल्लामा नौ जनाको हत्या भएको बताईएको छ । यसबीचमा बम बिष्फोटबाट एक जना घाईंते बनेको तथा कुटपिटबाट ८ जना घाईंते बनेको ईन्सेक जिल्ला प्रतिनिधि सुनिता मगरले बताउनुभयो । सम्पत्तिमाथिको अधिकार अन्तरगत यस एक वर्षको अवधिमा पाँचवटा घटनामा चारजना पीडित हुन पुगेका छन् । जसमा सार्वजनिक भवनमा आगजनी र ४ व्यक्तिको सम्पत्ति कब्जा गरेको भनी आतंकित बनाईएको पाईएको छ ।

     

    प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी लगायत सरोकारवालाहरुको सहभागिता रहेको समीक्षा कार्यक्रमका बक्ताहरुले नागरिकका मौलिक अधिकार हनन् भएको खण्डमा खुलेर विरोध गरेमा लोकतन्त्रको पुर्नवहाली हुने बताएका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology