चिसाङ शेर्पा पौष/२ खोटाङ,
खोटाङमा स्वास्थ्य बिमा कार्यक्रमको पुर्ब तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा बिकास समितिको सहयोगमा जिल्लामा सञ्चालन हुन लागेको स्वास्थ्य बिमाकोे समिति गठन र अभिमुखीकरण कार्यक्रम आईतबार अन्तिम अवस्थामा पुगेको हो ।
२ नगरपालिका ८ गाउँपालिका रहेको खोटाङमा स्थानिय तह प्रमुखको संयोजकत्व र उपप्रमुखलाई आमन्त्रित सदस्य राखेर दुई नगरपालिका ६ गाउँपालिकामा समिति गठन गरिसकेको जनस्वास्थ्य निरिक्षक हिमलाल ज्ञवालीले बताउनुभयो । प्रत्येक नगर तथा पालिकामा ७ सदस्य ‘स्थानिय तह स्वास्थ्य सुरक्षा संयोजन समिति’ गठन भईसकेको छ ।
जनस्वास्थ्य निरिक्षक ज्ञवालीका अनुसार शनिबारसम्म हलेसी तुवाचुङ नगरपालिका, लामिडाडाँ गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, दिपु्रङ गाउँपालिका, साकेला गाउँपालिका, खोटेहाङ गाउँपालिका र रुपाकोट मझुवागढी नगरपालिकामा समिति गठन गर्दै स्वास्थ्यकर्मीहरुलाई कार्यक्रम सम्बन्धि अभिमुखीकरण दिएकोे छ ।
गएको मंसिर १६ गतेबाट स्वास्थ्य बिमाको काम थालेको टोलीले बाँकी दुई पालिका जन्तेढुंगा गाउँपालिका र बराहापोखरी गाउँपालिकामा पुस ४ र ५ गते सबै प्रक्रिया सक्ने जनाएको छ । त्यहाँ अघिल्लो दिन सरोकारवाला र दोश्रो दिन पालिकाभित्रका स्वास्थ्यकर्मीसँग अभिमुखीकरण हुनेछ ।
जिल्लाका स्थानीयवासीले वार्षिक रुपमा दुई हजार ५ सय तिरेर एकाघरको बढीमा पाँच जनाको स्वास्थ्य बीमा गर्न सक्नेछन् । बिमा गराएका परिवारले बढीमा ५० हजार बराबरको स्वास्थ्य उपचार पाउने जनाइएको छ ।
जनस्वास्थ्य सहायक अधिकृत श्रीकृष्ण प्रजापतीका अनुसार जिल्लामा वडा स्तरिय सरोकारवाला कार्यक्रम अगामी ७ गतेभित्र सकिनेछ । त्यसपछी स्थानिय स्वास्थ्यकर्मीले वडा गाउँ तहमा अभिमुखीकरण दिनेछन् । उनले भने, “हामीले पुस ११ गतेभित्र दर्ता सहयोगी छनौट गरिदिन वडाध्यक्षहरुलाई अनुरोध गरेका छौ । दर्ता सहयोगी छनौट लगत्तै स्वास्थ्यकर्मीलाई तीन दिने तालिम हुनेछ त्यसपछी स्वास्थ्य बिमा सदस्यता लिने काम शुरु हुन्छ ।”
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology