• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेल–दुम्ली–दोबेला सडक उद्घाटन

दिक्तेल–दुम्ली–दोबेला सडक उद्घाटन


समायोजन खबर
  • शनिबार, पौस १ २०७४

  • समायोजन खबर पुस /१ खोटाङ,
    खोटाङको दिक्तेल–दुम्ली–दोबेला सडक उदघाटन गरिएको छ । दोर्पाचिउरीडाँडाको दुम्लीमा आयोजित कार्यक्रममा रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले रिवन काटेर उदघाटन गरेका हुन् । ट्रयाक खोलिए पनि सञ्चालनमा आउन नसकेको सडकलाई मर्मत गरेर नियमित सञ्चालनमा ल्याउनका लागि उदघाटन गरिएको हो । रुपाकोट मझुवागढी नगरपालिका–१, ७ र ८ जोड्ने सडकलाई साकेला गाउँपालिका र सदरमुकाम दिक्तेल जोड्ने सबैभन्दा द्रुत मार्ग मानिएको छ ।

     

    करिब २२ किलोमिटर लम्बाई भएको सडक उदघाटनका लागि दिक्तेलबाट जीप लिएर दुम्ली, दोबेला पुग्दा हर्षित स्थानीयले अतिथिलाई फूलमालाले स्वागत गरेका थिए । माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रधान्मन्त्री रहेका समयमा आर्थिक वर्ष २०६४÷०६५ मा छुट्याइएको ३० लाखको लगानीमा दिक्तेल–दुम्ली–रतन्छा सडकको दिक्तेलको अस्पतालचोकबाट ट्रयाक खोल्न थालिएको थियो । सडक निर्माणकाक्रममा पुरानो र नयाँ निर्माण उपभोक्ता समितिमार्फत करोडको खर्च भएको बताइएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology